भूकम्प गएको ४ वर्षमा ३० प्रतिशत घर मात्रै बने, पीडित नै आउँदैनन् किस्ता लिन | Khabarhub Khabarhub

भूकम्प गएको ४ वर्षमा ३० प्रतिशत घर मात्रै बने, पीडित नै आउँदैनन् किस्ता लिन


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


चितवन– भूकम्प गएको ४ वर्ष पुग्दै गर्दा भूकम्पका कारण घरविहीन भएका ३० प्रतिशतको मात्र नयाँ घर बनेका छन् । १२ वैशाख २०७२ को भूकम्पका कारण चितवनका ७ हजार ३ सय ३५ घर पूर्णरूपमा क्षति भएका थिए । तीमध्ये २ हजार २ सय १५ घर मात्रै बन्न भ्याएका छन् ।

भूकम्पबाट क्षति भएका घर निर्माण गर्दै आएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका अनुसार घर निर्माणले गति लिनसकेको छैन ।

कार्यालयका इञ्जिनीयर सुजन नेपालका अनुसार जिल्लामा रहेका लाभग्राहीमध्ये पहिलो किस्ता सम्झौता गर्नेमा ५ हजार ८ सय १० घरधुरी रहेका छन् । उनीहरुले पहिलो किस्तावापतको  ५० हजार लगिसकेका छन् । यस्तै पहिलो किस्ता लानेमध्ये ३ हजार ८४२ घरधुरीले दोस्रो किस्तावापतको १ लाख ५० हजार लगेका छन् । तेस्रो किस्तावापत लाभग्राहीलाई सरकारले निर्माणको काम सम्पन्न प्रमाणित भइसकेपछि १ लाख दिने प्रावधान बनाएको छ ।

जिल्लामा विसं २०७४ साउनमा कार्यालय स्थापना भएको भए पनि प्राविधिकहरु पुसबाट मात्रै कार्यक्षेत्रमा आएका कारण कामलाई चुस्त बनाउन नसकिएको नेपालले बताए । प्राविधिक कार्यक्षेत्रमा जानुअगाडि नै प्राधिकरणको मापदण्डविपरीत घर बनाउनु, वन क्षेत्रमा रहेका लाभग्राही र ऐलानी जग्गामा रहेका घरधुरीको विषयमा सरकारले निर्णय गर्न ढिलाइ गर्नुले कामलाई प्रभावकारी रुपमा अघि बढाउन नसकेको उनको भनाइ छ ।

विसं.२०७२ मा आएको बिनाशकारी भूकम्पका कारण जिल्लामा ५९३ घरधुरी आङ्शिकरूपमा क्षति भएका थिए । तीमध्ये ४३१ ले मात्र पहिलो किस्ता सम्झौता गरेको भए पनि दोस्रो किस्ताका लागि कोही नआएको इन्जिनियर नेपालले बताए ।

पुनःनिर्माण प्राधिकरणले गुनासो सुनुवाइका लागि आवेदन माग गरेको समयमा जिल्लाबाट ६ हजार १८ उजुरी परेका थिए । परेका उजुरीमाथि गाँउमा गएर अनुगमन गर्ने काम भइरहेको छ ।

कार्यालयले जिल्लामा प्रभावकारी रूपमा काम गर्ने तीन वडालाई सम्मानका लागि प्राधिकरणमा सिफारिशसमेत गरेको छ । सम्मानका लागि छानिएका वडा सबै इच्छाकामना गाउँपालिकाका रहेका छन् । गाउँपालिकाको वडा नं १, ३ र ४ सम्मानका लागि छनोट भएको नेपालले बताए ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  १२ : २५ बजे

झापामा लागूऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली

काठमाडौं– प्रहरीले झापामा गोली चलाएर लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ

हुलाकलाई व्यावसायिक बनाउन सरोकारवालाको जोड

गोरखा– हुलाक सेवालाई सेवासँगै व्यावसायिक बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्

देउमाई : एमालेको गढमा घण्टीको आवाज

इलाम-  उपनिर्वाचनको मतगणनामा निराशाजनक स्थितिमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार

चालू आर्थिक वर्षका सबै योजना जेठ मसान्तभित्र सम्पन्न गर्छौँ : मुख्यमन्त्री कँडेल

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चालू आर्थिक वर्षका सबै

समितिको निष्कर्ष : दुर्गा प्रसाईंको हतियार इजाजत दिन मिल्ने खालको होइन

काठमाडौं- गृह मन्त्रालयले गठन गरेको हतियारको इजाजत तथा नवीकरण सम्बन्धी