डिपार्टमेन्ट स्टोरबाट १५ लाख चोरी | Khabarhub Khabarhub

डिपार्टमेन्ट स्टोरबाट १५ लाख चोरी


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


सर्लाही– सर्लाहीको सदरमुकाम मलङ्गवास्थित मुख्य बजार क्षेत्रको मध्यभागमा रहेको एएस डिपार्टमेन्ट स्टोरबाट रु १५ लाख चोरी भएको छ ।

स्थानीय शङ्कर चौधरीले सञ्चालन गरेको स्टोरबाट बुधबार छ जनाको समूहमा आएका चोरले सटरमाथि तानेर काउन्टरमा राखिएको रु १५ लाख चोरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

बुधबार चोर सटर तानेर भित्र पसेको र काउन्टरमा राखिएको रकम मात्र लिएर फरार भएको सीसीटिभी फुटेजमा देखिएको प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईले जानकारी दिए ।

छ जनाको समूहले चोरी गरेको सीसीटिभी फुटेजमा देखिएको छ । सटर तानेको ठाउँमा पाँचजना बाहिर बसेको र एकजनाले पैसा झिकेपछि भागेको सीसीटिभी फुटेजमा देखिन्छ ।

चोरको समूह पैसा चोरेर गोरखकालीको बाटो हुँदै भारतीय क्षेत्रमा प्रवेश गरेको नेपाल प्रहरीले सीमा नाका नजिक लगाएको सीसीटिभी फुटेजमा देखिएको प्रहरी उपरीक्षक भट्टराईले बताए । घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  ८ : ३९ बजे

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल