प्रहरीको भ्यानमाथि बम प्रहारको प्रयास, विप्लव समूहका कार्यकर्ता पक्राउ | Khabarhub Khabarhub

प्रहरीको भ्यानमाथि बम प्रहारको प्रयास, विप्लव समूहका कार्यकर्ता पक्राउ


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कालीकोट– प्रहरीको भ्यानलाई लक्षित गरी बम विस्फोट गर्न खोज्ने एकजना पक्राउ परेका छन् ।

कालीकोटको खाँडाचक्र नगरपालिका–५ राता डाव भन्ने ठाउँमा एसइई परीक्षाको सुरक्षार्थ खटिएको प्रहरी भ्यानलाई लक्षित गरी बम प्रहार गर्ने क्रममा एकजना पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति नेत्रबिक्रम चन्द (विप्लव) समूहका कार्यकर्ता रहेका बुझिएको छ । तिलागुफा नगरपालिका–६ का ३४ वर्षी धनराज शाही प्रहरी भ्यानमाथि बम प्रहार गर्ने क्रममा पक्राउ परेका हुन् ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनी विप्लव समूहका कार्यकर्ता भएको खुलेको प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

पक्राउ परेका शाहीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  ५ : ३७ बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन

एक संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संसदीय समितिको बैठक बस्दै छ । आज विकास, आर्थिक