नेपाल र जापानबीच श्रम समझदारीमा हस्ताक्षर, अप्रिल १ देखि कामदार लैजाने प्रक्रिया थालिने | Khabarhub Khabarhub

नेपाल र जापानबीच श्रम समझदारीमा हस्ताक्षर, अप्रिल १ देखि कामदार लैजाने प्रक्रिया थालिने


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपाली श्रमिकलाई जापान लैजाने विषयमा नेपाल र जापानबीच सोमबार कामदारको क्षेत्रमा सहकार्यको समझदारी (एमओसी)मा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा हस्ताक्षर भएसँगै आगामी अप्रिल १ देखि नेपाली कामदार जापान लैजाने विषयमा प्रक्रिया अघि बढ्ने छ ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरे र नेपालका लागि जापानी राजदूत मासामिची साइगोले श्रम समझदारीमा हस्ताक्षर गरे ।

समझदारी भएसँगै नेपालमा जापानले कोरियन भाषा परीक्षा ईपीएस शाखा कार्यालय जस्तै जापानीज सूचना केन्द्र खोल्न भएको छ । भाषा परीक्षा उत्तिर्ण गरेर जाने तथा जापानमा त्यहाँका नागरिकसरह तलव, सुविधा पाउने भएका कारण यो तुलनात्मक रुपमा निश्पक्ष र लाभदायक हुने अपेक्षा श्रम मन्त्रालयले गरेको छ ।

नेपाली कामदार सरकारी संयन्त्रमार्फत नै जापान जान पाउनेछन् । जापान कामदार पठाउने काममा म्यानपावर कम्पनी संलग्न हुने पाउने छैनन् ।

एमओसी समझादारीपत्रमा हस्ताक्षर भएपनि ठूलो संख्यामा नेपाली श्रमिक रोजगारीका लागि जनापान जान पाउने सम्भावना भने कम छ । सोमबार श्रम समझदारी भएपनि आगामी अप्रिलदेखि जापानमा नेपाली कामदार लैजाने प्रक्रिया शुरु हुनेछ ।

पहिलो चरणमा जापानले ४ क्षेत्रलाई प्राथमिकतामा राखेको पाइएको छ । सुरुवाती चरणमा स्वास्थ्य, उद्योग, केयरगिभर र कृषि क्षेत्रका लागि नेपाली श्रमिक लिने जापानको नीति छ ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  १ : ३० बजे

डढेलो निभाउने क्रममा जलेर ओखलढुंगामा आमाछोराको मृत्यु

ओखलढुंगा – खरबारीमा लागेको डढेलो निभाउने क्रममा ओखलढुंगा सदरमुकामस्थित सिद्धिचरण

‘सिधाकुरा’ प्रकरणका तीनैजना तारेखमा छुटे, दुई मिडिया मालिकसँग सर्वोच्चले माग्यो जवाफ

काठमाडौं- सर्वोच्च अदालतले ‘सिधाकुरा डटकम’ अनलाइनले मिडिया मालिकलाई जोडेर स्टिङ

महिला उद्यमी महासंघका पदाधिकारीसँग अर्थमन्त्री पुनले गरे छलफल 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटबारे महिला

कोशी प्रदेशमा रास्वपाको शक्ति कति ?

काठमाडौं- इलाममा बैशाख १५ गते सम्पन्न उपनिर्वाचनको परिणामलाई लिएर रवि

वामपन्थी पार्टीहरूबीच एकता आवश्यक : ओली

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले