वैदेशिक लगानीमा नेपाल १४५ ‌औं स्थानमा | Khabarhub Khabarhub

वैदेशिक लगानीमा नेपाल १४५ ‌औं स्थानमा


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हालसम्म नेपालमा विदेशी लगानी १ खर्ब ६९ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार हाल नेपालमा रहेको लगानीमध्ये ६६ दशमलव १ प्रतिशत सञ्चित पुँजी, ३० दशमलव २ प्रतिशत चुक्ता पुँजी र ३ दशमलव ७ प्रतिशत ऋण छ । नेपालमा भित्रिएको लगानीमध्ये ७० प्रतिशत सेवा क्षेत्र र करिब ३० प्रतिशत उत्पादनमूलक क्षेत्रमा रहेको नेपाल राष्ट्र बैंकको विदेशी लगानीसम्बन्धी सर्वेक्षणले देखाएको छ नयाँ पत्रिकामा छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीमध्ये युनिलिभर नेपाल सबैभन्दा बढी लाभांश बाँड्ने कम्पनी हो । उसले आर्थिक वर्ष ०७३/७४ मा १ हजार २ सय ७० प्रतिशत लाभांश वितरण गरेको थियो । त्यस्तै, गत आव ०७४/७५ मा उसले ७ सय प्रतिशत लाभांश वितरण गरेको थियो ।

नेपाली सेयरबजारमा सबैभन्दा बढी सेयर मूल्य हुने कम्पनी पनि युनिलिभर नै हो । उसको प्रतिसेयर मूल्य १९ हजार ३ सय ८० रुपैयाँ छ । युनिलिभर नेपालमा हिन्दुस्तान लिभर लिमिटेडको ८० प्रतिशत र नेपाली लगानीकर्ताको २० प्रतिशत सेयर छ ।

नेपालमा कोकाकोला उत्पादन गर्ने दुई कम्पनी सञ्चालनमा छन्– बोटलर्स नेपाल बालाजु लिमिटेड र बोटलर्स नेपाल तराई लिमिटेड । यीमध्ये बोटलर्स नेपाल तराई लिमिटेड सबैभन्दा उच्च सेयरमूल्य हुने कम्पनीमध्येमा पर्छ । यसको सेयरमूल्य ६ हजार ४ सय ९८ रुपैयाँ छ । विगत सात वर्षमा यो कम्पनीले ८५ प्रतिशतसम्म लाभांश बाँडेको छ ।

आव ०६८/६९ मा उसले त्यो लाभांश बाँडेको हो । गत आव ०७४/७५ मा उसले ४० प्रतिशत लाभांश बाँडेको थियो । त्यस्तै, बोटलर्स नेपाल बालाजु लिमिटेड पनि उच्च प्रतिशत लाभांश बाँड्ने कम्पनीमा पर्छ । आव ०६८/६९ मा उसले ७० प्रतिशत लाभांश वितरण गरेको थियो । गत आव ०७४/७५ मा भने उसले २० प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीको सेयर मूल्य १ हजार ६ सय ९८ रुपैयाँ छ ।

किस्ट मेडिकल कलेजका विद्यार्थी ठगिएको छानबिन टोलीको ठहर शीर्षकको समाचारमा किस्ट मेडिकल कलेजले एमबिबिएस अध्ययन गर्ने विद्यार्थीबाट अवैध शुल्क उठाएको सरकारी छानबिन टोलीले ठहर गरेको छ । बढी लिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न र कलेज सञ्चालकलाई कारबाही गर्न टोलीले सरकारलाई सिफारिस गरेको छ ।

कलेजले अवैध शुल्क उठाएको र त्यसको विरोध गर्ने विद्यार्थीलाई आन्तरिक परीक्षामा फेल गरिएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री केपी ओलीले गम्भीर चासो व्यक्त गरेका थिए । उनकै निर्देशनअनुसार शिक्षा मन्त्रालयका सहसचिव डा. हरिप्रसाद लम्सालको संयोजकत्वमा सतर्कता केन्द्रको समेत प्रतिनिधित्व रहेको चार सदस्यीय छानबिन टोली गठन गरिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा गरेको संम्बोधनलाई पनि प्राथमिकतामा राखेको छ। पत्रिकाले छापेको समाचारमा प्रधानमन्त्री केपी ओली विप्लव नेतृत्वको समूह र पूर्वराजासमर्थक प्रति आक्रामक बनेका छन् । आइतबार संघीय संसद्को हिउँदे अधिवेशनको अन्तिम सत्रलाई सम्बोधन गर्दै उनले हालै सरकारले प्रतिबन्ध लगाएको विप्लव समूहलाई नियन्त्रण गरेरै छाड्ने दाबी गरे । पूर्वराजासमर्थकतर्फ लक्षित गर्दै उनले केही व्यक्तिले अझै रैतान हुने चाहना राखेको टिप्पणी पनि गरे ।

संसद्मा आफ्नो परिचित व्यंग्यात्मक शैलीमा प्रस्तुत भएका प्रधानमन्त्री ओलीले सरकारका उपलब्धिको चर्चा गरेका थिए । मूलधारको राजनीतिमा प्रवेश गरेका सिके राउतसँगको सहमतिबाट देशमा विखण्डनवाद समाप्त भएको दाबी पनि उनले गरे । विप्लव समूह आपराधिक गतिविधिमा लागेकाले प्रतिबन्ध लगाइएको उनले बताए । ‘चुनाव हुन दिन्नँ भन्ने, निर्दोष मान्छे मार्ने, चन्दाका नाममा लुटपाट गर्ने गरिएको छ,’ ओलीले भने, ‘त्यो समूह कतै दर्ता छैन, ठेगाना छैन, त्यस्तो आपराधिक क्रियाकलाप गर्नेलाई, विध्वंशकारीलाई सरकारले निषेध ग-यो । कतिलाई हनहनी ज्वरो आएको छ ।’

द्वापर युगमा कृष्णले समेत धेरै सम्झाउने र सम्झाउँदा नमान्नेलाई ठेगान लगाउन हातमा चक्र लिएर हिँड्ने गरेको प्रसंग कोट्याउँदै उनले भने, ‘विध्वंश गर्नेलाई कानुनअनुसार नियन्त्रण गर्न राज्य अघि बढ्यो । ब्याक गियर छैन । हातहतियार बुझाउन समय दिइएको छ । हातहतियार नबुझाए कसरी लिनुपर्छ सरकारलाई थाहा छ ।’ सरकारले पटक–पटक आग्रह गर्दासमेत विप्लव समूह वार्तामा आउन नमानेको उनले बताए ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  ७ : ३३ बजे

कोशीमा बजेट अधिवेशन आह्वानका लागि दोस्रो पटक सिफारिस

विराटनगर- आगामी जेठ ११ गते कोशी प्रदेशको बजेट अधिवेशन आह्वान

सम्भावित रणनीति तय गर्न देउवाले पार्टी पदाधिकारीलाई बूढानीलकण्ठ बोलाए

जनता समाजवादी पार्टी विभाजनपछिको राजनीतिक अवस्था र शुक्रबारदेखि सुरु हुने

धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्ध

काठमाडौं– भारतको एयर इन्डिया एक्सप्रेसका धेरै कर्मचारीले एकै पटक बिदा

मातातीर्थ औँसी देशभर मनाइयो (तस्बिरहरु)

काठमाडौं– मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रूपमा जन्मदिने आमाप्रति

कोशीमा नयाँ सरकार गठनका लागि एमाले र माओवादीले बढाए दबाब

विराटनगर – काेशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गर्न