काठमाडौं आइपुगिन् भारतीय गायिका आशा भोस्ले | Khabarhub Khabarhub

काठमाडौं आइपुगिन् भारतीय गायिका आशा भोस्ले


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय गायिका आशा भोस्ले नेपाल आएकी छिन् । साधना कला केन्द्रको निमन्त्रणामा उनी बुधवार नेपाल आएकी हुन् ।

नेपाल आइपुगेकी गायिका भोस्लेले शनिवार संगीतकार रणजीत गजमेरको संगीतमा केही गीत प्रस्तुत गर्ने कार्यक्रम राखिएको छ ।

८० वर्षीया गायिका भोस्लेले नेपाल बसाइको क्रममा लुम्बिनी, पोखरा, मुक्तिनाथलगायत स्थानको पनि भ्रमण गर्ने जनाइएको छ ।

गायिका भोस्लेले ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’, ‘म प्यार बेचिदिन्छु’, ‘गैरीखेतको शिरै हान्यो’, ‘मोहनी लाग्ला है’ लगायत थुप्रै नेपाली गीतमा स्वर दिएकी छन् ।

उनलाई विमानस्थलमा लिन साधनाका सञ्चालक मिलन मोक्तान पुगेका थिए । विमानस्थलमा गायिका भोस्लेलाई पञ्चकन्याले हातमा दियो बत्ती बाली स्वागत गरेका थिए ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ७ : ३७ बजे

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपाल सफल छ : स्वास्थ्यमन्त्री

वासिङ्टन– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार

रास्वपाका मिलनको जमानत जफत, कटाउन सकेनन् १० प्रतिशत मत

इलाम – इलाम २ को शनिबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)