१ सय २२ जना चिनियाँ पक्राउ गरिएको अप्रेशन, ‘चार्ली फोक्स्टर’ | Khabarhub Khabarhub

१ सय २२ जना चिनियाँ पक्राउ गरिएको अप्रेशन, ‘चार्ली फोक्स्टर’


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले काठमाडौँका विभिन्न क्षेत्रबाट सोमबार १२२ जना चिनियाँ नागरिक पक्राउ गर्‍यो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय अपराध नियन्त्रण महाशाखा र महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले उनीहरुलाई कोठमाडौँको विभन्न क्षेत्रबाट पक्राउ गरेको हो ।

उनीहरु संस्थागत रुपमा घर भाडामा लिएर गैरकानूनी कार्य गरेको आरोपमा पक्राउ परेका हुन् । प्रहरीले उनीहरुलाई पक्राउ गर्न झण्डै तीन महिनाको समय लगाएको जनाएको छ ।

‘चार्ली फोक्स्टर’ नाम दिइएको यो अप्रेशनमा सफल भएको प्रहरी भनाइ छ । पक्राउ परेका चिनियाँ बारे काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जानकारी गराइएको छ ।

नेपाल प्रहरीको केन्द्रीय केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख (डीआईजी) निरज शाहीका अनुसार इन्टरपोलसँगको सहकार्यमा सो अप्रेशन चलाइएको थियो ।

अनुसन्धानका क्रममा पक्राउ परेका उनीहरुको मुख्य काम प्रेमी प्रेमिका बनेर पैसा असुल्ने देखिएको डीआईजी शाहीले बताए । पक्राउ परेका चिनियाँहरुले चीनका धनी महिला तथा पुरुष पहिचान गरी उनीहरुलाई प्रेम जालमा फसाउने र यसरी फसेकाहरुलाई अनलाइनमा लगानी गर्दा फाइदा हुन्छ भन्दै लगानी गर्न लगाउने गरेका पाइएको छ । तर रकम हात परेपछि भने उनीहरु सम्पर्क विहीन बन्ने गरेको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका एक सय २२ चिनियाँ मध्ये एक सय १४ जना पुरुष र आठजना महिला भएको डीआईजी शाहीले जानकारी दिए । उनीहरुलाई काठमाडौंको बुढानिलकण्ठ, मनमैजु र बाँसबारी क्षेत्रका नौ वटा घरबाट पक्राउ गरिएको हो ।

उनीहरु सबैजना पर्यटक भिसामा नेपाल बसिरहेको पनि उनले जानकारी दिए । उनीहरुको साथबाट तीन सय ३१ वटा ल्यापटप, सात सय ४७ वटा मोवाइल फोन सेट र तीन सय २७ वटा सीमकार्ड बरामद भएको छ । उनीहरुबाट राहदानी चाहिँ ६७ वटा मात्र बरामद भएको उनले जानकारी दिए । त्यसैगरी एनसेल र स्मार्ट सेल फोन सेवा प्रदायकको ४८ हजार रुपैयाँ बराबरको रिचार्ज कार्ड र चार लाख २४ हजार नेपाली रुपैयाँ पनि बरामद भएको छ ।

एकै दिनमा यति धेरै सङ्ख्यामा विदेशी नागरिक पक्राउ गरेको यो पहिलो हो। यसअघि बैंकको एटिएम ह्याक गरेको आरोपमा सातजना चिनियाँ पक्राउ परेका थिए भने अन्य विभिन्न घटनामा केही चिनियाँ नागरिक पक्राउ परेका छन्।

यसपटक उनीहरुलाई बूढानीलकण्ठ, बाँसबारी र मनमैंजुबाट नियन्त्रणमा लिइएको हो। विदेशीले पर्यटक भिसामा नेपाल आएर कुनै घर भाडामा लिई संस्थागत काम गर्न पाउँदैन ।

चिनियाँ नागरिकहरुले यस्तो गतिविधि गरेको निक्कै समय भएको थियो।

उनीहरुको गतिविधि शङ्कास्पद देखिएकाले स्थानीयवासीले नै प्रहरीलाई सूचना दिएको थियो। सोही आधारमा ब्यूरोको नेतृत्वमा प्रहरी टोली सूचना सङ्कलनमा खटिएको थियो ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ३ : ५१ बजे

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश

जिल्ला कारागार सिरहाको अतिक्रमित जग्गा खाली गराउन माग

सिरहा – सिरहा जिल्ला कारागार कार्यालयको करिब तीन कठ्ठा अतिक्रमण

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि क्रिकेटमा नेपाल पराजितसम्म

संघीय संसद्‍को बजेट अधिवेशन आह्वान सरकारले संसद्को बजेट अधिवेशन आह्वान