ललितपुर महानगरले माग्यो ५० हजार नगर प्रहरी, १५ दिनभित्र दरखास्त माग | Khabarhub Khabarhub

ललितपुर महानगरले माग्यो ५० हजार नगर प्रहरी, १५ दिनभित्र दरखास्त माग


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ललितपुर महानगरपालिकाले ५० जना नगर प्रहरी मागेको छ। महानगरको व्यवस्थापन र सुरक्षाका लागि नगर प्रहरी माग गरेको हो ।

महानगरको नगरकार्यपालिकाको निर्णयअनुसार १५ दिने सूचना निकालेर करार सेवाका लागि नगर प्रहरी मागेको हो।

पाँच सय रुपैयाँ शुल्क तिरेर नेपाली युवाले आवेदन फारम भर्न सक्ने महानगरले जनाएको छ । दरखास्त फारम महानगरको वेबसाइटबाट पनि डाउनलोड गरेर भर्न सकिन्छ ।

नगरप्रहरीका लागि आवश्यक न्यूनतम योग्यता :

– शैक्षिक योग्यता : कम्तीमा ८ (आठ) कक्षा वा सो सरह उत्तीर्ण गरेको ।
– नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको ।
– राजनैतिक दलको सदस्य नरहेको ।
– भविष्यमा सामान्यतया सरकारी नोकरीको निमित्त अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त नभएको ।
– शारीरिक रूपमा तन्दुरुस्त, आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नरहेको र गम्भीर अङ्गभङ्ग नभएको स्वधोषणा गर्ने ।
– नेपाली नागरिक

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  १ : ०७ बजे

दूध बिक्रीबाट मनग्य आम्दानी

तम्घास– गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका लागि १२

बाजुरामा एक महिलाको शव फेला

बाजुरा– बाजुरामा शनिबार एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

व्यासका आठ सय जनालाई अपांगता परिचयपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाले हालसम्म आठ सय ८२ जनालाई अपांगता

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं- नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी-२०

दक्षिणी ब्राजिलमा भारी वर्षा, मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

काठमाडौं– ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा भारी वर्षाका