सवारी दुर्घटना न्यूनीकरणका लागि सीताराम हाछेथुले दिएका ७ सुझाव | Khabarhub Khabarhub

सवारी दुर्घटना न्यूनीकरणका लागि सीताराम हाछेथुले दिएका ७ सुझाव



काठमाडौं– पछिल्लो समय सवारी साधन दुर्घटनाको संख्या बढ्दै गइरहेको छ भने कयौंं यात्रुले ज्यान गुमाइरहेका छन् ।

एक साताअघि प्रधानमन्त्री केपी ओलीले सडक दुर्घटना न्यूनीकरणका लागि कार्ययोजना बनाएर तत्काल लागू गर्न निर्देशन दिए ।

त्यससँगै सरोकारवाला निकायहरुले कसरी सडक दुर्घटना न्यूनीकरण गर्न सकिन्छ भनेर कार्ययोजना बनाउन थालेका छन् ।

सरकारले भनेअनुरुप कार्ययोजना बनाएर सवारी दुर्घटना न्यूनीकरण गर्न नसकिने पूर्व ट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथू बताउँछन् । सरकारले भन्नासाथ दुर्घटना न्यूनीकरण हुने नभइ कमी कमजोरीलाई सुधार गर्दै जानु पर्ने उनको भनाइ छ ।

ट्राफिक नियमको अनिवार्य कोर्ष

पूर्व ट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथुका अनुसार विद्यालय तथा क्याम्पसमा अनिवार्य रुपमा ट्राफिक नियम सम्बन्धी कोर्ष हुन आवश्यक छ । ट्राफिक नियम पालना गर्नुपर्छ भन्ने जानकारी हुनुपर्छ । तर त्यो जग हामीकहाँ छैन । ट्राफिक नियम सम्बन्धि जानकारी स्कुलमा र क्याम्पसमा अध्ययन गराउनु पर्ने उनको भनाइ छ ।

सवारी चालकअनुमति पत्र लिनकै लागि मात्र पढेजस्तो गर्नेहरु धेरै रहेको उनको भनाइ छ ।

ट्राफिक नियम सम्बन्धी कहिल्यै अध्ययन अनुसन्धान हुन नसकेको हाछेथुको भनाइ छ । ट्राफिक नियमलाई मात्रै पनि बुझेर अपनाउने हो भने केही हदसम्म दुर्घटना न्यूनीकरण हुन्छ ।

परीक्षाको स्वरुपमा परिवर्तन

सवारी चालक परिचयपत्रको परीक्षाको स्वरुपमा पनि परिवर्तन गर्नु आवश्यक रहेको उनको भनाइ छ । निजी र सार्वजनिक सवारी साधन चालकका लागि छुट्टा छुट्टै परीक्षा लिनुपर्ने हाछेथु बताउँछन् ।

तराइदेखि पहाडसम्म, गाउँदेखि सहरसम्म गुड्ने सवारी साधनलाई एउटै परीक्षा लिएकै कारण पनि दुर्घटना बढी भएको उनी बताउँछन् । ‘ठाउँ र सडकको हरेर परीक्षा लिने व्यवस्था गर्नुपर्छ’ हाछेथुले भने,‘कहाँ कस्तो अवस्थामा कसरी सवारी चलाउने भन्ने कुराको ज्ञान हुन नसक्दा दुर्घटनाको जोखिम बढेको हो ।’

सीसीटीभी क्यामेरा

सार्वजनिक सवारी साधनमा सीसीटीभी क्यामेरा अनिवार्य राख्नुपर्छ । उनको प्रश्न छ,‘ १ करोडको गाडी किन्नेले सीसीटीभी क्यामेरा जडान गर्न किन सक्दैन ?’

सार्वजनिक सवारी साधनको अगाडि र पछाडि सडकको भागसमेत देखिने गरी एउटा सीसीटिभी क्यामेरा अनिवार्य रुपमा जडान गर्नुपर्ने उनको भनाइ छ ।

लामो दूरीमा चल्ने सवारी साधनमा यस्ता क्यामेरा जडान गर्नु आवश्यक रहेको उनी बताउँछन् । सीसी क्यामेराले पनि ड्राइभरलाई केही डर पैदा गराउँने र यो क्यामेराले मलाई भित्र पनि बाहिर पनि खिच्दैछ भन्ने कुराको डर ड्राभइरमा राख्ने उनको भनाइ छ ।

सीसीटीभी क्यामेरा जडान गरेपछि सार्वजनिक सवारीमा हुने अन्य अपराधिक क्रियाकलाप समेत कम हुने उनको उनी बताउँछन् । ।त्यसरी सीसीटिभि क्यामेरा जडान गर्दा पनि दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ।

हेभी सवारीका लागि ट्रेनिङ सेन्टर

अहिले २० वर्ष उमेर पूरा नभएका युवालाई हेभि सवारी साधन चालकका लागि अनुमति पत्र पाउने दिइने छ । तर २० वर्षको उमेर समूहका व्यक्तिलाई हेभी सवारीको लाइसेन्स दिन नहुने उनको भनाइ छ ।

‘यो उमेर भनेको अल्लारे उमेर हो । सबै कुरामा जिम्मेवार भएको र बुझेको व्यक्तिलाई मात्र अनुमति पत्र दिइने व्यवस्था हुनुपर्छ,’ उनले भने ।
प्राक्टिल कोसिस गर्नका लागि ड्राइभिङ स्कुल छैनन् । कार र मोटरसाइकल लागि मात्र छन् । सरकरले हेभी सवारीसाधनका लागि ट्रेनिङ सेन्टर खुलाएर सिकाउनुपर्छ । २/३ महिनासम्म ट्रेनिङ लिएपछि मात्र चालकका लाग फर्म भर्ने व्यवस्था ल्याउनुपर्छ । यात्रुको जीवनसँग जोडिएको कुरा हो ।

गल्ती गर्नेलाई छोड्नु हुँदैन

देशभर सवारी दुर्घटना बढिरहेको छ । मानवीय त्रुटिकै कारण धेरै दुर्घटना दोहोरिएका हाछेथु बताउँछन् । दुर्घटनामा मानवीय क्षति धेरै भएको छ । चालकबाट भएको गल्तीलाई समात्न सक्नुपर्छ । गल्ती गर्नेलाई छोड्नु हुँदैन ।

ट्राफिक नियम सिस्टममा जान नसकेको उनी बताउँछन् । गल्ती गर्नेलाई कारवाही हुन नसकेको र दुर्घटनापछि पुन केही जरिवाना तिरेर चालकहरुले सवारी चलाउन थाल्दा समस्या भएको उनको भनाइ छ ।

‘चालकको लापरवाहीले भएको दुर्घटनामा यात्रुको ज्यान जाँदा बीमाले उपचार खर्च व्यहोर्छ । चालकलाई केही दिन सजाय हुन्छ । सामान्य कारवाही भएपनि धरौटीमा छुट्छन् केही दिनपछि पुनः ड्राइभिङ गर्न थाल्छन् । त्यसरी छुट्दा चालकलाई आफ्नो जिम्मेवारी बोध हुँदैन । चालकको लापरवाहीले भएका दुर्घटनामा चालकलाई छोड्नुहुँदैन । चालक अनुमति पत्र निलम्बन गरिनुपर्छ ’ उनले भने ।

ट्राफिक बत्ती बलाउनुपर्छ

उपत्यकामा मात्र ४० हजार मानिसहरु बस्छन् । हजारौं मानिसहरु आवतजावत गर्ने सडकका चोकमा ट्राफिक बत्ती बल्दैनन् । यो जमानापनि ट्राफिक प्रहरीले सिठी बजाउँदै हातले इशारा गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

ट्राफिक प्रहरीको इशाराले दुर्घटना कम गर्ने भन्ने कुरा हास्यस्पद हुन्छ । राजधानीमै यस्तो अवस्था छ बाहिरको हालत झन खराब छ ।

सडक रेखाङ्कन

नयाँ ठाउँमा सवारी साधन लिएर जानेहरुका लागि अझ कठिन परिस्थिती आउँने गरेको उनी बताउँछन् । सडक रेखाङ्कन नगरिएका कारण कहाँ घुम्ती छ ? ओरालो उकालो कहाँ छ ? कुन स्थान दुर्घटनाग्रस्त हो ? भन्ने चालकले पूर्व जानकारी नपाउने समस्या भएको र यसको समाधानका लागि संकेत चिह्नहरुको प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।

‘चालकलाई सचेत गराउनका लागि सडक रेखाङ्कनलाई व्यवस्थित गर्नुपर्छ । पछिल्लो समय ग्रामीण भेगमा धेरै जसो सवारी साधन सडकबाट तल खस्ने समस्या दोहोरिएको छ । त्यस्ता सडकमा पिलर राख्नुपर्छ त्यसले चालकलाई सुसूचित बनाउँछ’ हाछेथुले भने,‘ यी नियमहरुलाई कार्यान्वयन गर्न सकेमा सवारी दुर्घटनामा चालक पनि सचेत हुन्छन् र सम्भावित दुर्घटनाबाट पनि जोगाउन सकिन्छ ।’

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  १ : १७ बजे

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार

रास्वपाका मिलनको जमानत जफत, कटाउन सकेनन् १० प्रतिशत मत

इलाम – इलाम २ को शनिबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)

इलाममा सुहाङ नेम्वाङ विजयी

काठमाडौं- इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार