उपनिर्वाचनलाई लक्षित गरी बाँकेमा नमूना मतदान | Khabarhub Khabarhub

उपनिर्वाचनलाई लक्षित गरी बाँकेमा नमूना मतदान


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- यही मङ्सिर १४ गते हुने स्थानीय उपनिर्वाचनका क्रममा बाँकेको कोहलपुर नगरपालिका–६ मा आज नमूना मतदान गरिएको छ ।
नमूना मतदानमा खसेको कुल ७० मतमध्ये तीन मत बदर भएको छ । नमूना मतदानमा ३२ जना महिला ३८ जना पुरुषले मतदान गरेका थिए ।

स्थानीय तहको उपनिर्वाचनका क्रममा मत बदर सङ्ख्या कम गर्ने उद्देश्यले गरिएको नमूना मतदानमा तीन मत बदर भएको जिल्ला निर्वाचन कार्यालय बाँकेका निर्वाचन अधिकृत खुमप्रसाद सुवेदीले जानकारी दिए ।

नमूना मतदानका क्रममा निर्वाचनको महत्व, यसको प्रक्रिया र आचारसंहिता बारे पनि सहभागीलाई जानकारी गराइएको थियो । नेपाल युवा संस्था सञ्जाल (आयोन) तथा जिल्ला युवा क्लब सञ्जाल बाँकेको आयोजना र जिल्ला निर्वाचन कार्यालय बाँकेको समन्वयमा निर्वाचनका लागि नागरिक सचेतना कार्यक्रमअन्तर्गत उपनिर्वाचनलाई लक्षित गरी मतदाता शिक्षाबारे अभिमुखीकरण तथा नमूना मतदान गरिएको जिल्ला युवा क्लब सञ्जाल बाँकेका सचिव राजन बर्माले जानकारी दिए ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  १० : ३० बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला