हल नेपाली, फिल्म विदेशी ! | Khabarhub Khabarhub

हल नेपाली, फिल्म विदेशी !


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यो वर्ष केही फिल्मले बाहेक अरु फिल्मले बक्स अफिसमा खासै व्यापार गर्न सकेनन् । ‘कबड्डी ३’, ‘छ माया छपक्कै’, ‘जात्रै जात्रा’, ‘दाल भात तरकारी’ लगायत केही फिल्मले व्यावसायिक सफलता हात पारे । तर, अरु फिल्मले खासै राम्रो व्यापार गर्न सकेनन् ।

यतिबेला नेपालमा झण्डै आधा दर्जन फिल्म रिलिज भइरहेका छन् । तीमध्ये नेपाली फिल्म ‘चच हुई’ मात्र मल्टिप्लेक्स हलमा रिलिज भएको छ । अन्य सबै फिल्म विदेशी फिल्म प्रदर्शनमा छन् ।

हाल दुई हिन्दी फिल्म र तीन हलिउड फिल्म नेपालमा रिलिज भएका छन् । शो का हिसाबले हिन्दी फिल्म ‘पागलपन्ती’ र हलिउड फिल्म ‘फ्रजेन २’ ले उच्च शो पाएका छन् । नेपाली फिल्म ‘चच हुई’ ले भने कम शो मा चित्त बुझाउनुपरेको छ ।

त्यसो त नेपालमा निर्माण हुने फिल्म नै कामचलाउ बन्दा विदेशी फिल्मलाई नेपाली बजारमा कमाइ गर्न सहज बनेको छ ।

नेपाली फिल्ममेकरले दर्शकको चाहना बमोजिम फिल्म पनि बनाउन नसक्ने र विदेशी फिल्म चलेकोमा पनि आपत्ति प्रकट गर्ने प्रवृत्ति बढ्दो छ ।

एकदमै कम फिल्मले बाहेक अरु फिल्मले राम्रा भनिएका मल्टिप्लेक्स हलमा धेरै शो नपाएको गुनासो गर्ने गरेका छन् । तर, अब नेपाली मेकरले विदेशी फिल्मले कमाएको मात्र नहेरेर नेपाली फिल्मको स्तरीयतामा पनि ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ५ : ०० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर