अमेरिका पुर्‍याउने भनेर हिँडाइएका ५ नेपाली युवा ९ महिनादेखि इन्डोनेसियामा अलपत्र | Khabarhub Khabarhub

अमेरिका पुर्‍याउने भनेर हिँडाइएका ५ नेपाली युवा ९ महिनादेखि इन्डोनेसियामा अलपत्र


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय नेपाली युवा रोजगारीका लागि युरोपका देश, क्यानडा र अमेरिका जाने मोह बढ्दो छ ।  समुन्द्रीसँगै स्थलमार्ग हुँदै अमेरिका जान खोज्दा धेरै युवा विभिन्न देशमा अलपत्र पर्ने र ठगीने गरेका छन् ।

रोजगारीका लागि भनेर तस्करहरुमार्फत अमेरिका हिँडेका ५ जना युवा विगत ९  महिनादेखि युवा इन्डोनेसियामा अलपत्र परेका छन् ।

दलालको सम्पर्कका आधारमा अमेरिका जान भनेर हिँडेका ५ जना नेपाली युवा इन्डाेनेसियामा अलपत्र परेको सूचना प्राप्त भएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ ।

हाल उनीहरु इन्डोनेसिया अध्यागमन प्रहरीको हिरासतमा रहेका ब्यूरोले जनाएको छ ।

ब्युरोले अलपत्र परेका युवाहरुको नाम भने सार्वजनिक गरेको छैन । उनीहरु सन् २०१९ को जनवरी महिनामा अमेरिका जाने भन्दै नेपालबाट हिँडेका जनाइएको छ । तर, विगत ९ महिनादेखि उनीहरु इन्डोनेसियामै अलपत्र अवस्थामा छन् ।

मानव तस्करहरुले अमेरिका लैजाने भन्दै ती ५ जनासँग प्रतिव्यक्ति १५ देखि २० लाख नेपाल रुपैयाँ लिएर इन्डोनेसिया पुर्‍याएर अलपत्र पारेको प्रहरीले जनाएको छ ।

मानव तस्करले इन्डोनेसिया पुराएका ५ जनाले आफूहरुको भिसा अवधि सकिएपछि अध्यागमन प्रहरीमा अत्मसमर्पण गरेका थिए । अध्यागमन प्रहरीले हाल उनीहरुलाई चरम यातना दिएको भन्दै उद्धारका लागि नेपाल प्रहरीसँग अनुराेध गर्ने गरेका छन् ।

इन्डोनेसियामा बन्दक बनाइएका उनीहरुले शारीरिक र मानसिक यातनासमेत बेहोर्नुपरेको खबर उद्धारका लागि पहल गरिरहेको ब्यूरोका डिएसपी नरहरि रेग्मीले बताए बताए ।

इन्डोनेसियाको अध्यागमन प्रहरीले उनीहरुलाई चरम यातना दिइरहेको खबर उनीहरुले सामाजिक सञ्जालमार्फत बारम्बार जानकारी गराइरहेको डिएसपीले रेग्मीले जानकारी दिए ।

नेपालबाट मानव तस्करीले उनीहरुलाई फरक–फरक समयमा इन्डोनेसियामा पुर्‍याएको ब्यूरोले जनाएको छ । उनीहरुजस्तै अन्य नेपाली रोजगारीका लागि तस्करमार्फत तेस्रो देश हिँडेर अलपत्र पर्ने गरेको ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ४ : ०५ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड