जाम्बियाका २८३ कैदीलाई क्षमादान | Khabarhub Khabarhub

जाम्बियाका २८३ कैदीलाई क्षमादान


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लुसाका- जाम्बियाका कारागारमा रहेका २८३ जना कैदी बन्दीलाई क्षमादान गरिएको छ ।

देशको ५५औँ स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति एड्गार लुङ्गुले बिहीबार उनीहरुलाई क्षमादानको घोषणा गर्नुभएको अधिकारीहरुले जनाएका छन् ।

गृह मन्त्रालयका स्टेफन काम्प्योङले कैदी बन्दीहरुमा सुधारका विभिन्न संकेतहरु देखिएपछि उनीहरुलाई आममाफी दिइएको बताए ।

पत्रकार सम्मेलनमा उनले दिएको जानकारी अनुसार आममाफी पाउनेमा २४५ जना पुरुष र ३८ जना महिला रहेका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ९ : २२ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र