महरालाई थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको आदेश | Khabarhub Khabarhub

महरालाई थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको आदेश


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बिहीबारबाट ७ दिनको म्याद थप गर्दै थुनामा राखी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

सुदर्शन राज पाण्डेको एकल इजलासले अनुसन्धानका लागि ७ दिनको म्याद थप गर्न आदेश दिएको हो । दोस्रोपटक म्याद सकिएपछि महरालाई आज अदालत उपस्थित गराइएको थियो । अदालतले तेस्रोपटक म्याद थप गरेको हो ।

महरामाथि संघीय संसद सचिवालयमा कार्यरत महिलाले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । असोज १२ गते (आइतबार) महराले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै संसद सचिवालयकी महिला कर्मचारीले त्यसको भोलिपल्ट सोमबार मिडियामार्फत घटना सार्वजनिक गरेकी थिइन् ।

प्रहरीले घटना भएको दिनदेखि नै अनुसन्धान शुरु गरेको जनाए पनि असोज १७ गते महिलाको उजुरी परेपछि मात्रै महरालाई पक्राउ गर्ने प्रक्रिया अगाडि बढाएको थियो ।

जरुरी महत्वको कार्यासञ्चालनका लागि गठन भएको काठमाडौं जिल्ला अदालतको इजलाशले असोज १९ गते महरालाई पक्राउ गर्न अनुमति दिएको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ५ : २८ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र