एनआरएनहरु नेपालमा लगानी गर्न चाहन्छन्, सरकारले वातावरण बनाउनुपर्छ– श्रेष्ठ | Khabarhub Khabarhub

एनआरएनहरु नेपालमा लगानी गर्न चाहन्छन्, सरकारले वातावरण बनाउनुपर्छ– श्रेष्ठ


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विदेशमा रहेका नेपाली नेपालमा लगानी गर्न आतुर छन् । सरकारले नेपालको विभिन्न क्षेत्रमा लगानी गर्ने वातावरण निर्माण गर्नुपर्ने बेल्जियम एनआरएनएका संस्थापक अध्यक्ष रविन्द्रमान श्रेष्ठले बताएका छन् ।

नेपाललाई विश्वको नमुना देश बनाउन विदेशमा रहेका नेपालीहरुसँग सहकार्य गर्नुपर्ने उनको भनाइ छ । एनआरएनएका सन्तति नेपाल फर्किएर यतै बस्न चाहने र नेपालमा केही गर्नुपर्छ भने भावाना उनीहरुमा विकास हुँदै गएको उनी बताउँछन् । यो विषयमा नेपाल सरकारले रणनीति बनाउनुपर्ने अध्यक्ष श्रेष्ठ बताउँछन् । उनै श्रेष्ठसँग खबरहबकर्मी  रमेश भारतीले कुराकानी गरेका छन् । प्रश्तुत छ कुराकानीको सम्पादित अंश–

नेपालमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को भूमिका कस्तो छ ? 

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रि महाधिवेशन नेपालमा गत साता सम्पन्न भएको छ ।
गैरआवासीय नेपाल संघलाई मजबुद र पारदर्शी बनाउने योजनासहित सम्मेलनबाट नयाँ नेतृत्व चयन भएर आएको छ ।

नवौ विश्व सम्मेलनबाट छानिएर आएका एनआरएनएका प्रतिनिधिले विदेशमा रहेका नेपालीको हकहितका लागि काम गर्छन् भने मेरो र बेल्जियममा बसोबास गर्दै आएका एनआरएनएहरुको विश्वास छ । संघका अध्यक्ष कुमार पन्तको नेतृत्वले राम्रो काम गर्छ भने मेरो व्यक्ति धारण छ । हिजो भन्दा केही परिवर्तन होला भन्ने नयाँ नेतृत्वसँग एनआरएनहरुले आस गरेका छन् ।

नेपालमा विकास, शिक्षा, लगानी भित्र्याउन, प्रविधि जस्ता विषयमा विदेशमा रहेका एनआरएनले सहकार्य गरेर काम गर्ने चाहन्छन् । नेपाल सरकारले यस्ता विषयमा सहज वातावरण बनाउनुपर्छ भन्दै हामीले पटक–पटक अपिल पनि गर्दै आएका छौं । सरकारसँग यो विषयमा धेरै पटक माग पनि गरेका छौं । एनआरएनएको भूमिका आर्थिक समृद्धि र विकासजस्ता महत्त्वपूर्ण विषयसँग जोडिएको छ ।

एनआरएनएको केहीदिन अघि सम्पन्न चुनावमा राजनीतिक प्रभाव देखियो नि होइन ?

पछिल्लो समय एनआरएनएमा राजनीति प्रभाव पर्ने थालेको छ । राजनीति प्रवेश गरेका कारण पनि सामान्य विवाद नवौं सम्मेलनमा देखियो । नवौ सम्मेलनसम्म आइपुग्दा राजनीतिभन्दा पनि योग्य नेता एनआरएनएको नेतृत्वमा आउनुपर्छ भने विचारको विकास पनि हुँदैछ ।

नआरएनए जस्तो संस्थामा राजनीति गर्नुहुँदैन भने सबै विदेशमा रहेका नेपालीको बुझाइ छ । एनआरएनएमा राजनीति भन्ने कुरा मान्य पनि हुँदैन । एनआरएनए संघ विदेशमा रहेका ८० लाख नेपालीहरुको प्रतिनिधित्व गर्ने सस्था हो । यो सस्था पारदार्शी हुनुपर्छ । विदेशमा रहेका नेपालीको मर्म बुझेर काम गर्नुपर्छ । राजनीति अस्था होला तर, यो संघमा गर्नु हुँदैन ।

लगानीको नारा बोकेका एनआरएनएका प्रतिनिधिहरु नवौं सम्मेलनकका क्रममा तोडफोडमै उत्रिए….

नवौ सम्मेलनमा दुई धार देखा प¥यो । सम्मेलन गर्दा मतदान प्रक्रिया हुँदा विवाद हुनु सामान्य विषय हो । दुई पक्षबीच विचारको मतभेद हुन्छ । तर, भौतिक संरचना तोडफोड नै गर्नु चाँही राम्रो होइन ।

यो विषयमा एनआरएनएले पनि हिनताबोध गरेको छ । मातृभुमिमा आएर यस्तो व्यवहार देखाउन गलत हो । भौतिक संरचना नै तोडफोड गर्नु हुँदैन । अब सभ्य भएर एनआरएनएले पनि नेपालमा मिलेर केही गर्न खोजीरहेको सन्देश दिनुपर्छ भने मेरो मान्यता छ । आगामी दिनमा यस्तै हुन्छ ।

मध्यपूर्व र युरोपका एनआरएनएभित्र किन मतभेद देखिएको हो ? 

एनआरएनएका प्रतिनिधिहरु मध्यपूर्व र युरोपका गरी दुई भागमा विभाजन भएका होलान् । यो विषयमा म खासै जानकार छैन । युरोपसहित विकसित देशका प्रतिनिधिले पावर र पैसाको भरमा पद लिने गरेको भन्दै मध्यपूर्वका प्रतिनिधिले आरोप बेला बेलामा लगाउँदै आएका छन् ।

तर, एनआरएनए विदेशमा रहेका नेपालीको प्रतिनिधित्व गर्ने एउटा साझा संस्था हो । यसमा देशगत भेदभाव छ जस्तो मलाइ लाग्दैन । व्यक्तिगत विषयमा भेदभाव होला तर सस्थागत यस्तो छ जस्तो मलाइ लाग्दैन । यो विषयमा म यति मात्र भन्छु । विचार मदभेद जहाँ पनि हुन्छ । भेदभावका विषयमा बहस गर्नुपर्छ । हाम्रो पहिचान नेपाली हो । विदेशमा बसेपनि भन्ने सवैमा भावानाको विकास हुर्नुपर्छ ।

एनआरएनले नेपालमा कस्ता क्षेत्रमा लगानी गर्न चाहन्छन् ?

विदेशमा रहेका नेपालीहरुले शिक्षा, जल, प्रविधि, जडीबुटी, निर्माण क्षेत्रमा लगानी गर्न चाहन्छन् । नेपाल सरकारले यी क्षेत्रमा लगानी गर्ने वातावरण बनाउनुपर्छ । विदेशमा बसोबास गर्दै आएका युवा पुस्ता नेपाल फर्कन चाहन्छन् ।

उनीहरुलाई फकाउन सरकारले वातावरण बनाउनुपर्छ । विदेशमा अध्ययन र केही पेशा व्यवसाय गरेर बसेका युवा पुस्तासँगै भिजन पनि नेपाल फर्कन्छ । विदेशमा रहेका एनआरएनएका सन्ततिलाई नेपाल फकाएर देश विकासका टेवा पुग्छ, त्यसतर्फ सरकारले काम अघि बढाउनु पर्छ ।

सरकारसँग तपाईंहरुको के माग छ ?

विदेशमा रहेका नेपालीको मातृभुमि नेपाल नै हो । विदेशमा रहेपनि हामी नेपाली नै हौ । एनआरएनले दोहोरो नागरिकका लागि नेपाल सरकारसँग माग गरिरहरेको छ । सविधानमा यो विषय समेटिएको पनि छ । तर, कार्यान्वयनमा भने आएको छैन । विदेशमा रहेका नेपालीलाई पनि नागरिकता दिएर आफ्ना नागरिक जस्तो व्यवहार गर्नुपर्छ भने हाम्रो मान्यता छ ।

एनआरएनहरु पनि नेपाल सरकारले लिएको दिगो विकासको लक्ष्यमा सहकार्य गर्दै अघि बढ्न चाहन्छन् । नेपाल विकास र विदेशी लगानी भित्राउन ठुलो योगदान एनआरएनको पनि हुन्छ । यो विषयमा नेपाल सरकारले सहज वातावरण बनाउनुपर्छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  १ : २० बजे

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका