'तान्द्रो' निर्देशकको फिल्म ‘धुपौरे’ मा अनमोल फाइनल | Khabarhub Khabarhub

‘तान्द्रो’ निर्देशकको फिल्म ‘धुपौरे’ मा अनमोल फाइनल


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्देशक साम्तेन भुटियाको नयाँ फिल्म ‘धुपौरे’ मा अनमोल केसीले अभिनय गर्ने भएका छन् । डार्क एक्सन–लभस्टोरी जनरामा निर्माण हुने फिल्ममा अनमोलको लिड रोल हुनेछ ।

निर्माण टिमका अनुसार फिल्मको छायांकन तिहारपछि थालिनेछ । निर्माण टिमले अनमोल केसी बाहेक अन्य कलाकारको छनोट प्रक्रिया बाँकी रहेको जनाएको छ । फिल्मलाई जयन श्रेष्ठले निर्माण गर्नेछन् ।

फरक धारका फिल्म बनाउन रुचाउने साम्तेनले निर्देशन गरेको फिल्म ‘तान्द्रो’ ले समीक्षात्मक रुपमा राम्रो प्रतिक्रिया पाएको थियो । साम्तेनले निर्देशन गरेको चलचित्र ‘च च हुई’ रिलिजका क्रममा छ ।

यता अनमोल केसीले पनि होम प्रोडक्सनको चलचित्र एन्टी हिरोमा पनि देखिनेछन् । अनमोलसँगै भुवन केसीको समेत अभिनय रहने ‘एन्टी हिरो’ सम्भवतः यसै वर्षको चैत २८ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  १ : २५ बजे

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्