कालीमाटीबाट मान्छे हानेर भागेको राँगो न्यूरोडमा गोली हानी मारियो | Khabarhub Khabarhub

कालीमाटीबाट मान्छे हानेर भागेको राँगो न्यूरोडमा गोली हानी मारियो


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कालीमाटीमा मंगलबार बिहान मान्छेलाई हानेर भागेको राँगोलाई  प्रहरी गोली प्रहार गरी मारेको छ ।

मान्छेलाई हान्दै उदण्ड मच्चाएपछि प्रहरीले नियन्त्रणमा लिने क्रममा गोली हानेर मारेको हो।

मासुका लागि तराईबाट ल्याइएको राँगाले कालीमाटी झार्ने क्रममा नियन्त्रणबाहिर गई चार जनालाई हानेर घाइते बनाएको थियो ।

मान्छेलाई हानेर भागेको राँगालाई प्रहरीले न्यूरोडको खिचापोखरीमा घेरा हालेर गोली हानेर मारेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएपी उत्तमराज सुबेदीले जानकारी दिए ।

घाइते चार जनाको वीर अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको छ ।

स्वयम्भु तर्फबाट रन्थनिँदै न्यूरोड आइपुगेको राँगोलाई महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले गोली हानेर मारेको हो ।

काठमाडौंमा राँगोलाई प्रहरीले गोली हानेर मारेको यो पहिलो घटना भने होइन । यसअघि २०७५ साल फागुन ११ गते चन्द्रागिरि नगरपालिकाको मच्छेगाउँ हुँदै दहचोकसम्म लखेटेर प्रहरीले गोली हानेर एउटा राँगोलाई मारेको थियो ।

यस्तै २०७१ साल मंसिर १५ गते ह्याम्स अस्पतालको तत्कालीन बुद्धनगरस्थित कार्यालयमा पसेर भैंसीले आतंक मच्चाएपछि प्रहरीले अस्पताल परिसरमै गोली हानेर मारेको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  १० : १३ बजे

दूध बिक्रीबाट मनग्य आम्दानी

तम्घास– गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका लागि १२

बाजुरामा एक महिलाको शव फेला

बाजुरा– बाजुरामा शनिबार एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

व्यासका आठ सय जनालाई अपांगता परिचयपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाले हालसम्म आठ सय ८२ जनालाई अपांगता

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं- नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी-२०

दक्षिणी ब्राजिलमा भारी वर्षा, मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

काठमाडौं– ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा भारी वर्षाका