तामाङ भाषाको फिल्म ‘ङ्हो’ बैशाखमा रिलिज हुने | Khabarhub Khabarhub

तामाङ भाषाको फिल्म ‘ङ्हो’ बैशाखमा रिलिज हुने


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तामाङ भाषामा निर्माण गरिएको फिल्म ‘ङ्हो’ लाई बैशाखमा निर्माण गरिने निर्माण पक्षले जनाएको छ । फिल्म टिमले पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो ।

फापरे फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको यो फिल्म त्रिकोणात्मक प्रेम कथामा आधारित रहेको बताइएको छ । फिल्मलाई सुनिमाया तामाङले निर्माण गरेकी हुन् भने उत्तरी धादिङको रुबीभ्याली क्षेत्र र आसपासमा बोलिने तामाङ भाषालाई समावेश गरिएको छ ।

भुवन स्यान्बो तामाङको निर्देशन रहेको यो फिल्ममा आंशिक रुपमा नेपाली भाषा पनि प्रयोग गरिएको छ । फिल्ममा बुझ्नका लागि उपशीर्षक समेत राखिएको निर्देशकले बताए ।

साथै टिमले चलचित्रमा समावेश ‘गादे ज्याबा ह्याङ्ला माया’ बोलको गीत पनि सार्वजनिक गरेको छ । गीतमा पूर्वपश्चिमको मध्यम भाषा प्रयोग गरेर सम्पूर्ण तामाङ समुदायमा समेट्न खोजिएको टिमको दावी छ । सार्वजनिक गरिएको गीतमा फुलकुमार बम्जनको शब्द, टिक बम्जनको संगीत तथा जितु लोप्चनको स्वर सुन्न सकिन्छ । यस्तै एरेञ्जमा पवनवाङ लामा छन् ।

किसमान तामाङ, आरम्भ तामाङ, निर्मला तामाङ, एलेक्स घले, छिमी माम्बा, मारनेन वाइबा, अनिता तामाङ, डोल्मा तामाङ, राजन तामाङ, निलमान तामाङ, रोज तामाङ, रिमान तामाङ, विजय तामाङ, झरना गुरुङ, सुमी तामाङ र बाल कलाकार तेञ्जिङ सोनाम लगायतले फिल्ममा अभिनय गरेका छन् ।

झण्डै बीस लाखमा निर्माण गरिएको यो फिल्म नयाँ वर्षको मौका पारेर काठमाडौंमा च्यारिटी शो समेत गरिने निर्देशकले बताए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ७ : ०० बजे

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले

लगानीकर्ताको सुरक्षा प्रत्याभूति गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगानीकर्ताको सुरक्षा प्रत्याभूतिका

हमासलाई ४० दिने युद्ध विरामको प्रस्ताव

रियाद – प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त

लुम्बिनी प्रदेशसभाको बैठक वैशाख २० मा आह्वान

तुलसीपुर । लुम्बिनी प्रदेशसभाको आगामी बैठक वैशाख २० मा आह्वान