मिडफिल्डमा जमेका एरिकको लक्ष्य– सिनियर राष्ट्रिय फुटबल टोली | Khabarhub Khabarhub

मिडफिल्डमा जमेका एरिकको लक्ष्य– सिनियर राष्ट्रिय फुटबल टोली



भारत/गुवाहाटी– भारतको गुवाहाटीमा भइरहेको डाक्टर टी आओ अन्तर्राष्ट्रिय फुटबल च्याम्पियनसिपमा एन्फा यु—२१ टोलीका एक महत्वपूर्ण सदस्य हुन् एरिक विष्ट । जो एन्फा टोलीको मत्वपूर्ण खेलाडीको भूमिकामा छन् ।

प्रतियोगिताका दुई खेल सकिँदा पहिलो रोजाइमा परेका एरिक टोलीको सेन्ट्रल मिडफिल्ड सम्हालिरहेका छन् ।

पहिलो खेलमा नेपाल ३—२ गोल अन्तरले मेघालयसँग पराजित हुँदा होस् वा दोस्रो खेलमा बिहीबार टोलीले त्रिपुरलाई ८—० को फराकिलो अन्तरले पराजित गर्दा होस्, उनले आफ्नो पक्षबाट विषेश भूमिका खेले । प्रशिक्षकलाई टिप्पणी गर्ने अवसर बाँकी छाडेनन् । झनै प्रशिक्षकलाई खुसी पारे । उनको प्रदर्शनबाट टिमका उनका साथीहरु पनि खुसी थिए ।

बलसँगै मैदानमा दौडिरहँदा बेञ्चमा रहेका खेलाडी तथा प्राविधिक टोलीले पटक—पटक उनको खेल कौसलको प्रशंसा गरिरहे । प्रशिक्षकले कहिकतै उनी आफ्नो पोजिसनबाट बाहिर रहँदा लाइमा आउन भनीरहँदा पनि उनले आफ्नो भूमिका सतर्कताका साथ पुरा गरे ।

“उनी एन्फा यु—२१ टोलीका पिलर नै हुन् भन्दा बढी नहोला । उनी जत्तीको खेलाडीले राम्रो अवसर पाए अझै राम्रो गर्न सक्छन्,” संकटा क्लबका मुख्य प्रशिक्षक तथा एन्फा यु—२१ का सहायक प्रशिक्षक सल्यान खड्गीले भने,“उनी नेपाल आर्मीमा छन् । तर, युवा खेलाडीहरुले ठूला क्लबहरुमा छोटो समयमा अवसर पाउँदैनन् । तर, एरिकलाई अझै निखारिन एक्सपोजरको खाँचो छ ।”

व्यवसायिक फुटबलमा लागिसकेका र फुटबललाई नै करियर बनाएका उनी उमेरसमूहका प्रतियोगितामा आफूलाई स्थापित गर्न सफल भइसकेका छन् ।

सन् २०१७ मा भुटानमा सम्पन्न यु—१९ साफ च्याम्पियनसिप पनि एरिकले खेलेका थिए । जुन प्रतियोगितामा उनले नेपाली टोलीको सेन्ट्रल मिडफिल्डमा रहेर नै खेले । त्यस्तै, पुसमा सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि विभागय टोली नेपाल आर्मीमा रहेका एरिकले एक खेलमात्रै मैदानमा पुरा खेल्ने अवसर पाए ।

“त्यती ठूलो क्लबमा अलिे नै पहिलो रोजाइमा पर्नु चुनौति नै छ । जहाँ सिनीयर दाहरु छन् । क्लबमा आफूलाई नियमीत खेलाडी बनाउन अझै धेरै मेहेनत गर्नुपर्छ,” एरिकले भने ।

त्यसोत एरिकले ३—४ वटा खेलमा आर्मीबाट सब्स्टीचयुट खेलाडीका रुपमा मैदान प्रवेश पाएका थिए । ए डिभिजन लिगमा उनलाई आर्मीले अवसर नदिएको आलोचना भए पनि उनी भने क्लबले दिएको अवसरमा खुसी छन् ।

भन्छन्,“ठूलो क्लबमा यत्तिकै अवसर दिएन भन्नु भन्दा पनि मेहनत गरिरहेको छु । आउँदा दिनहरुमा राम्रो गर्न सकेभने प्लेइङ सेटमा पर्छु भन्ने विश्वास छ ।”

बाँसबारीको उत्पादन

काठमाडौं बाँसबारीमा जन्मिएका एरिकलाई बाँसबारी क्लबले फुटबल खेल्न उक्सायो । सानै देखि फुटबलमा लागे । घरबाट बुबा आमाले कहिलै पनि उनलाई फुटबल नखेल भनेनन् बरु बुबाले सधै फुटबल खेल्न मोटिभेट गरेको एरिक सम्झन्छन् ।

“घर नजिकै फुटबल क्लब भएकाले पनि फुटबलमा लाग्न सहज भयो र घरको निकै धेरै साथ पाए । कसैले पनि नखेल भनेनन्,” उनले अगाडि भने,“सधै राम्रो गर्न मात्रै सुझाए घरबाट कहिलै पनि निरुत्साहित बनाएनन् ।”
एरिकको फुटबल करियर बाँसबारी क्लबबाट सुरु भयो र २०७२ सालमा सम्पन्न सहिद स्मारक बी डिभिजन लिग पनि बाँसबारी क्लबबाटै खेले ।
बाँसबारी बाट खेलीरहँदा उनले विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मीमा आवद्ध हुने अवसर पाए । अवसरको खोजिमा रहेका उनले सहर्ष स्वीकारे । क्लबमा आवद्ध भए । विगत २ वर्ष देखि एरिक आर्मीमा आवद्ध भएका छन् ।

कहिले अवसर पाएर सुरुआती मैदान उत्रिन्छन् त कहिले सब्स्टीचयुट हुन्छन् भने कहिले पुरा समय बेञ्चमै बस्छन् । तर, उनी भन्छन् ‘धैर्यताको फल मिठो हुन्छ,’ आउँला कुनै दिन पहिलो रोजाइमा पर्ने पनि ।

‘राष्ट्रिय टोलीमा पर्छु’

सन् २०१७ मा भुटानमा सम्पन्न यु—१९ साफ च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका एरिकले फुटबलमा अहिलेसम्मकै सबैभन्दा ठूलो खुसीको क्षणका रुपमा लिएका छन् ।

“मेरो अहिलेसम्मको खुसीको क्षण भनेको साफ च्याम्पियनसिप जित्दा खुसी भएको थिए त्यही हो । आफ्नो देशका लागि खेलेको खेलमा जित हासिल गर्दा आफू टिमको सदस्य हुनु भन्दा ठूलो खुसी अरु के हुन्छ र ।”

उमेरसमूहबाट माथि आएका एरिक २०१६ मा एन्फा एकेडेमिमा पनि बसे । जहाँ रहँदा उनले उमेरसमूहको अर्को अन्तराष्ट्रिय प्रतियोगिता खेले यु—१६ साफ च्याम्पियनसिप, तयहाँ पनि राम्रो पर्दशन गरे ।

अब एरिक सिनियर राष्ट्रिय टोलीमा पर्ने पर्खाइमा रहेका छन् । भन्छन्–‘लक्ष्य नै सिनियर टोलीमा पर्ने हो ।’

“अबको २ वर्ष भित्रमा राष्ट्रिय टोलीमा स्थान बनाउँछु होला । त्यही अनुसार मेहनत गरिरहेको छु । छिटो पनि पर्न सक्छु ।”

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ३ : ०१ बजे

गोरखकाली रबर उद्योग सञ्चालन गर्न माग

गण्डकी– नौ वर्षदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालन

जापानकी विदेशमन्त्री योको आइतबार काठमाडौं आउने

काठमाडौं– जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने नेपाल भ्रमणमा आउने

‘पैसा कमाउन पो दयाहाङको बा बन्न सकिएन’

काठमाडौं– उमेरले ६१ छिचोल्दै गर्दा वरिष्ठ कलाकार एवं रंगकर्मी पुस्कर

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

सिराहा– कल्याणपुर नगरपालिका-९ डुमरीस्थित सडकमा कल्याणपुरबाट मिर्चैयातर्फ जाँदै गरेको प्रदेश २-०१-००४ प

मापदण्डविपरीत सञ्चालित स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्डविपरीत स्वास्थ्यसेवा सञ्चालन गरिरहेका सेवाप्रदायक