सरकारी गाडी चालकको श्रीमतीको नाममा करोडौँ जग्गा, राउटेले सुरु गरे जागिर | Khabarhub Khabarhub

सरकारी गाडी चालकको श्रीमतीको नाममा करोडौँ जग्गा, राउटेले सुरु गरे जागिर


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा – सरकारी गाडी चालकको श्रीमतीको नाममा करोडौँ जग्गा शीर्षकमा आजको नागरिक दैनिकले समाचार छापेको छ ।

प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराई र सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेलको सवारीसाधन दुर्घटना गराएको भनी ज्यान मुद्दामा प्रहरी नियन्त्रणमा रहेका जिल्ला प्रशासन कार्यालय बाराका चालक जगतनाराणय राउत कुर्मीकी श्रीमती प्रेमशीलादेवी कुर्मीको नाममा करोडौँ मूल्यको जग्गाबाट ५ कठ्ठा हिस्सा पाएका कुर्मीले आफन्त र श्रीमतीको नाममा यसको २० गुणाभन्दा बढी जग्गा जोडिसकेका छन् ।

साविक ब्रह्मपुरी १ हाल कलैया उपमहानगरपालिका १७ निवासी कुर्मीले प्रमुख जिल्ला अधिकारीको गाडी चालक हुनुभन्दा पहिले परिवार पाल्न अरुको घरमा चालकको काम गर्ने गरेका ब्रह्मपुरीका स्थानीयले बताएका छन् ।

उनकी श्रीमतीको नाममा कलैया उत्तरझिटकैया र ब्रह्मपुरीमा गरी करोडौँ मूल्य पर्ने घडेरी र खेती गर्ने जग्गा फेला परेको छ । साविक कलैया ६ हाल कलैया उपमहानगरपालिका १ मोतीबाघमा कित्ता नं. १२७८ को ४ धुर, कित्ता नं. १२८२ को १ धुर घडेरी फेला परेको छ ।

त्यस्तै, राउटेले सुरु गरे जागिर, रहर हैन बाध्यता शीर्षकमा अर्को समाचार छापिएको छ । राउटेहरु स्पष्ट तीन मान्यता राख्छन् खेतीपाती नगर्ने, लेखपढ नलाग्ने र जागिर नखाने । आफ्नै मान्यताविपरित पूर्वमुखिया महिनबहादुर शाहीसहित पाँच जना राउटेले शनिबार ‘जागिर’ सुरु गरेका छन् । पैसा छोए पाप लाग्छ भन्ने मान्यता राख्ने राउटे समुदाय अहिले पैसाकै लागि जागिर खान तयार भएका हुन् ।

सुर्खेतको तेकबेँसी नगरपालिकामा बस्दै आएका राउटे समुदायका पूर्वमूखिया महिनबहादुरसहित अहिलेका मुखियाहरु सूर्यनारायण, दिलबहादुर, वीरबहादुर र राउटे युवा प्रकाश शाहीलाई दैलेखका सामाजिक सेवा केन्द्र (सोसेक)ले राउटे सामाजिक कार्यकर्ता पदमा जागिर दिएको हो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ६ : ०० बजे

‘कसम, राम्रो छ- मनसरा ?’

काठमाडौं– झुटो बोल्यो कि साँचो भनेर पत्ता लगाउन हाम्रो सामाजमा

चीनमा सडक दुर्घटना : उद्धार र सुरक्षा सुधार गर्न राष्ट्रपति सिको निर्देशन

बेइजिङ– चिनियाँ राष्ट्रपति सि जिनपिङले दक्षिणी चीनको गुआङडोङ प्रान्तमा एक्सप्रेसवे

गाउँमा डढेलो सल्किँदा १० घर जलेर नष्ट, दर्जनौँ पशुचौपाया हताहत

सल्लेरी– हिमाली जिल्ला सोलुखुम्बुमा जंगलको डढेलो गाउँमा सल्किँदा १० घर

इलाम परिणामको सन्देश– ‘बोल्न नजान्ने देउवा दबाबमा, ओलीको फूर्तिफार्ती’

विशेषतः इलाममा उपनिर्वाचन हुँदै गर्दा तत्कालीन संविधानसभाका अध्यक्ष एवम् एमाले

नेपाललाई तेस्रो सफलता, भुर्तेलले लिए विकेट

काठमाडौं– नेपालले वेस्ट इन्डिज ए को तेस्रो विकेट लिएको छ