उत्तर कोरियाले फेरि गर्‍यो दुई वटा क्षेप्यात्र परीक्षण | Khabarhub Khabarhub

उत्तर कोरियाले फेरि गर्‍यो दुई वटा क्षेप्यात्र परीक्षण


७ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल– उत्तर कोरियाले पुनः दुई वटा छोटो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको छ ।

दक्षिण कोरियाली सेनाले उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि गरेको हो । दक्षिण कोरियाली सेनाका अनुसार स्थानीय समयअनुसार शनिबार बिहान ६ः४५ तथा ७ः०२ बजे दक्षिण हाम्ग्योङ प्रान्तस्थित सेन्डोक सैनिक विमानस्थल नजिकैबाट परीक्षण गरिएको हो ।

पछिल्ला केही सातायता गरिएको नवौं परीक्षणका क्रममा ती क्षेप्यास्त्र ९७ किलोमिटरको उचाई लिएर ३८० किलोमिटर टाढा समुद्रमा गई खसेको जनाइएको छ । यसअनुसार पछिल्लो समय उत्तर कोरियाले परीक्षण गरेकामध्ये यी क्षेप्यास्त्र शक्तिशाली रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिका तथा जापान र दक्षिण कोरियाले उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणको अध्ययन भइरहेको जनाएका छन् । दक्षिण कोरियाको सुरक्षा परिषद्ले उत्तर कोरियालाई यस्ता गतिविधि नगर्न आग्रह समेत गरेको छ ।

उत्तर कोरिया र अमेरिकाबीच आणविक निशस्त्रीकरणबारेको छलफलमा अड्चन पैदा भइरहेका बेला उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको हो । उत्तर कोरियाले यसअघि अमेरिका र दक्षिण कोरियाबीचको सैनिक अभ्यासको कडा शब्दमा निन्दा गरेको थियो । त्यसपछि दक्षिण कोरियाले एफ ३५ लडाकु विमानसहित अमेरिकी अत्याधुनिक हतियार खरिद गर्ने प्रक्रियाको पनि निन्दा गरेको थियो ।

उत्तर कोरियाले दक्षिण कोरियासँग कुनै किसिमको वार्ताको सम्भावना नरहेको स्पष्ट पारिसकेको छ । उत्तर कोरियाली सञ्चारमाध्यम केसीएनएले यसअघि अमेरिकी विदेशमन्त्रीको कडा शब्दमा निन्दा गर्दै अमेरिकाले चाहे आफू वार्ताका लागि तयार रहेको र यदी अमेरिका शत्रुतापूर्ण व्यवहारतर्फ अग्रसर रहेको भए त्यसका लागि पनि तयार रहेको चेतावनी दिएको थियो ।

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  ४ : ५० बजे

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम

दक्षिण पेरुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

लिमा– दक्षिणी पेरुको पुनो क्षेत्रमा सोमबार बिहानै एउटा यात्रुवाहक बस

भक्तपुरमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुर– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको मिलनचोकमा मंगलबार दुर्घटना हुँंदा एकजनाको मृत्यु

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– अमेरिका पठाइदिने प्रलोभनमा एक करोड १८ लाख ५९ हजार

आहार विहारमा ध्यान दिए जस्तै ट्राफिक नियम पालना गरौँ : मुख्यमन्त्री अधिकारी

लेखनाथ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ट्राफिक नियम पालना गर्दा