कश्मीरमा सुरक्षाकर्मी र प्रहरीबीच झडप, केहि घाइते | Khabarhub Khabarhub

कश्मीरमा सुरक्षाकर्मी र प्रहरीबीच झडप, केहि घाइते


७ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत-प्रशासित कश्मीरका सुरक्षा निकाय र प्रदर्शनकारीबीच झडप भएको छ । श्रीनगर शहरमा प्रदर्शनकारी र सुरक्षाकर्मी आपसमा भिडेका हुन् ।

शान्तिपूर्ण शुरू भएको विरोध प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि हिंसा भएको थियो। प्रहरीले अश्रुग्यास र रबरको गोली प्रयोग गरेको थियो। कम्तीमा दुईजना घाइते भएका छन्।

तीन साता अगाडि भारत सरकारले जम्मू-कश्मीरलाई प्रदान गरेको आंशिक स्वायत्तता खारेज गरेपछि त्यहाँको स्थिति तनावपूर्ण छ।

इन्टरनेट र मोबाइल फोन बन्द गरिएका कारण कश्मीरको बारेमा कमै सूचना बाहिरिएको बीबीसीले जनाएको छ ।

प्रदशर्नका क्रममा भएको झडपमा केही घाइते भएका छन् । घाइतेको संख्या भने खुलेको छैन । धेरै घाइतेहरू अस्पताल जाँदा गिरफ्तार हुने डरले घरमै उपचार गराउने गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रदर्शन भएको सौरा क्षेत्र भारत सरकारको निर्णयविरुद्ध प्रदर्शनको केन्द्रविन्दु बन्न थालेको छ।

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  १ : १० बजे

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।

बाजुराको खापरमा आगलागीबाट तीन घर नष्ट

बाजुरा– जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी

डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

डडेल्धुरा– डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

क्रिकेटर लामिछानेको मुद्दामा आजलाई पेसी

काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाप्रति