अब शिक्षक हुन २ परीक्षा पास गर्नुपर्ने | Khabarhub Khabarhub

अब शिक्षक हुन २ परीक्षा पास गर्नुपर्ने


७ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अबदेखि शिक्षक हुनका लागि दुईवटा परीक्षा दिनुपर्ने भएको छ । सामान्य परीक्षामा उत्तीर्ण भएकाले मात्र विषयगत परीक्षामा सम्मिलित हुन पाउनेछन् ।

मन्त्रिपरिषद्ले बुधबार शिक्षक सेवा आयोग नियमावलीको १०औँ संशोधन गरेको छ । संशोधित नयाँ व्यवस्थाअनुसार अबदेखि शिक्षकको लिखित परीक्षामा दुई सय पूर्णाङ्क हुनेछ । एक सय पूर्णाङ्कको सामान्य परीक्षा र एक सय पूर्णाङ्कको विषयगत परीक्षा सञ्चालन गरिनेछ । सामान्य परीक्षा वस्तुगत हुनेछ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीले सामान्य परीक्षा उत्तीर्ण गरेपछि मात्र विषयगत परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था गरिएको बताउँदै भने, ‘विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि नयाँ व्यवस्था गरेका हौँ । यसबाट शिक्षक छनोटमा प्रतिस्पर्धा बढ्ने छ र उत्कृष्ट मात्र शिक्षकमा छनोट हुनसक्नेछन् ।’

सामान्य परीक्षामा कम्तीमा ५० अङ्क प्राप्त गर्नेले मात्र विषयगत परीक्षा दिन पाउनेछन् । संशोधित नियमावलीअनुसार सामान्य परीक्षामा प्राप्त अङ्कको ५० प्रतिशत अङ्क मात्र विषयगत परीक्षाको प्राप्ताङ्कमा जोडिने व्यवस्था छ ।

पछिल्लो पटक दुई लाख २५ हजार जनाले लिखित परीक्षा दिएका थिए । सामान्य परीक्षाको उत्तरपुस्तिका उपकरणको सहायताले परीक्षण गरिनेछ । यसबाट छिटो नतिजा सार्वजनिक हुनुका साथै विषयगत परीक्षामा सहभागी कम हुने हुँदा व्यवस्थापनमा समय र आर्थिक खर्चमा कटौती हुने सहसचिव काप्रीले बताए। वस्तुगत प्रश्नमा उत्तर गलत हुँदाप्रति गलत उत्तरको शून्य दशमलव दुई अङ्क कटौती गर्ने प्रावधान गरिएको छ । ठीक यस्तै विधि लोक सेवा आयोगको परीक्षामा पनि छ ।

शिक्षकको अन्तर्वार्ताका लागि तोकिएको २५ अङ्कको नयाँ बाँडफाँट गरिएको छ । अन्तर्वार्ताका लागि १५ अङ्क, अनुभवबापत १० वर्षको बढीमा पाँच अङ्क, न्यूनतम शैक्षिक योग्यताका लागि तीन अङ्क र माथिल्लो शैक्षिक योग्यताका लागि दुई अङ्क दिने व्यवस्था नियमावलीमा गरिएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  ७ : ४४ बजे

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश

जिल्ला कारागार सिरहाको अतिक्रमित जग्गा खाली गराउन माग

सिरहा – सिरहा जिल्ला कारागार कार्यालयको करिब तीन कठ्ठा अतिक्रमण