नेपाली सेनामा ठूलो भूँडी भएकालाई कम अवसर | Khabarhub Khabarhub

नेपाली सेनामा ठूलो भूँडी भएकालाई कम अवसर


७ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सेनामा जवान तथा उच्च अधिकारीहरू मोटाउँदै जानुका साथै भुँडे, अल्छी र अस्वस्थ हुन थालेपछि उचाइ र तौलबीचको अनुपात मिलाउनु जरुरी भएको छ । यसका लागि बीएमआई अर्थात् ‘बडी मास इन्डेक्स’ अनिवार्य हुने भनिएको छ ।

बीएमआई ‘फिट’ नभएका सैनिक अधिकारीहरू पदोन्नति र संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनामा जाने अवसरबाट वञ्चित हुने भएका छन् । सैनिक जवानदेखि रथीसम्मका उच्च सैनिक अधिकारीका लागि यो नियम लागू गरिएको नेपाली सेनाले जनाएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सैनिकलाई स्वस्थ, फूर्तिलो र निरोगी बनाउन बीएमआई प्रभावकारी हुने अपेक्षा गरिएको छ । बीएमआईअनुसार शरीरको उचाइ र तौल सन्तुलित हुनुपर्छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले स्वस्थ हुन बीएमआई फिट हुनुपर्ने उल्लेख गरेको छ । जसको उचाइअनुसार तौल हुन्छ, त्यो व्यक्ति स्वस्थ र निरोगी मात्र नभई फूर्तिलो र मानसिक रूपमा परिपक्व हुने गरेको जानकारी डब्लूएचओले दिएको गोरखापत्र दैनिकमा खबर छ ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डे सैनिक कर्मचारीको आकर्षण स्वस्थ शरीर र फूर्तिलो जीउडाल हुनु अनिवार्य भएकाले फौजीहरूका लागि यो नियम लागू गरिएको बताउनुहुन्छ । बीएमआई सन्तुलित नहुँदा सैनिक कर्मचारी मोटाउने र भुँडे हुँदा उच्च रक्तचाप, मधुमेह, दमजस्ता रोगबाट पीडित छन् ।

पदोन्नति हुन, विभिन्न सैनिक कार्यालय तथा युनिटको नेतृत्व सम्हाल्न र शान्ति मिसनमा खटिनका लागि बीएमआई सन्तुलित हुनु अनिवार्य छ । मेजर तहका सैनिक अधिकृतहरू स्टाफ कलेज पास गरे पनि बीएमआई फिट नभएमा पदोन्नति हुनबाट वञ्चित हुनेछन् । त्यस्तै एनडीसी (नेसनल डिफेन्स कोर्स) पूरा गरेका सहायक रथीहरू उपरथीमा पदोन्नति हुन बीएमआई अनिवार्य गरिएको छ । सेनाले बीएमआई मापनको सम्पूर्ण जिम्मा छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताललाई दिएको छ ।

सामान्य नागरिकले पनि मापन गर्न सक्ने बीएमआई फिट भएमा स्वस्थ र निरोगी हुने सम्भावना धेरै रहन्छ । स्वास्थ्य विशेषज्ञ डा. महेन्द्र विष्ट बीएमआई सेनामा मात्र होइन, आमनागरिकका लागि अनिवार्य भएको बताउनुहुन्छ ।

चिल्लो, पिरो, तेलमा तारेका परिकार, मासु र मदिराको खानपानले विभिन्न रोग लाग्ने गरेको छ । उनले भने, ‘बिहान नियमित प्रातः भ्रमण र शारीरिक व्यायामसँगै यस्ता परिकारबाट टाढा रहँदा स्वस्थ भइन्छ ।’ ‘फौजीहरूका लागि भुँडी बढ्नु, ज्यान मोटाउनु राम्रो होइन,’ उनले भने, ‘उचाइअनुसार तौल हुनु अनिवार्य छ । बीएमआई फिट राख्ने कुरामा आमनागरिक सचेत हुनुपर्छ ।’ सन्तुलित आहारविहार र नियमित अभ्यासले सबैलाई स्वस्थ बनाउँछ ।

उनका अनुसार शरीरको उचाइ प्रतिशतमा राखी सो प्रतिशतको दुई भागले तौललाई भाग गर्दा बीएमआई नतिजा निस्कन्छ । यसरी निस्केको नतिजामा १८.५ पातलो, १८.६ देखि २४.९ स्वस्थ, २५ देखि २९.९ मोटो र ३० सम्मलाई धेरै मोटोमा राखिएको छ । सेनामा बीएमआई अनिवार्य गरिएपछि ‘मासु र मदिरा’को लत हट्ने बताइएको छ ।

यो नियम नेपाल प्रहरी र सशस्त्र प्रहरीमा पनि लागू गर्नुपर्ने सुझाव दिइएको छ । गृह मन्त्रालयले प्रहरी कर्मचारीमा अशोभनीय भुँडी लागेपछि बीएमआई लागू गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  ७ : ०२ बजे

संरक्षण थालिएको ताल नै सुकेपछि…

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।