काठमाडौंमा दिउँसै लुटपाट, ३ ठाउँबाट झन्डै ४ लाखको धनमाल चोरी | Khabarhub Khabarhub

काठमाडौंमा दिउँसै लुटपाट, ३ ठाउँबाट झन्डै ४ लाखको धनमाल चोरी


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंका विभिन्न ठाउँमा गरी मंगलबार दिउँसो ३ लाख ८६ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

बुढानिलकण्ठ नगरपालिका–३ पासीकोटमा डेरा गरी बस्ने कमला घिमिरेको कोठाबाट डेढ तोला बराबर सुनको गहना, १ थान मोबाइल र ७ हजार रुपैयाँ नगद गरी १ लाख ४३ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

यस्तै गोरखा घर भइ काठमाडौंको चन्द्रागिरी नगरपालिका–४ मा डेरा गरी बस्ने प्रमिला सुनारको कोठाबाट डेढ तोला बराबर सुनका गहना र नगद २३ हजार रुपैयाँ गरी १ लाख १३ हजार रुपैयाँ बराबरको चोरी भएको छ ।

मंगलबार दिउँसो नै काठमाडौंको मैतीदेवीबाट सुनका गहनासहित धनमाल चोरी भएको प्रहरीले जनाएको छ । प्रहरकिा अनुसार काठमाडौंको ठहिटी घर भइ मैतीदेवीमा डेरा गरी बस्ने अविरल बज्राचार्यको कोठाबाट २ तोला बराबर सुनका गहना र १० हजार नगद गरी १ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल चौरी भएको छ ।

चोरीमा संलग्न व्यक्ति भने फरार छन् । प्रहरीले चोरीमा संलग्नहरुको खोजी भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  २ : ५३ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र