समुद्रशास्त्रः यस्ता गुण भएका पुरुषसँग विवाह गर्दा हुन्छ उत्तम | Khabarhub Khabarhub

समुद्रशास्त्रः यस्ता गुण भएका पुरुषसँग विवाह गर्दा हुन्छ उत्तम


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शास्त्रमा मान्छेको जीवन पद्धति कसरी सरल बनाउने भन्ने विषयमा सबै उल्लेख गरेको पाइन्छ । हामीले त्यसलाई अनुशरण मात्र गर्ने हो भने यसले जीनव सहज बनाउँछ ।

समुद्रशास्त्रमा उल्लेख भएअनुसार तपाईका लागि कस्तो जीवनसाथी उपयुक्त होला भनेर सोचिरहनुभएको छ भने केही त्यस्ता गुण भएका व्यक्ति खोज्नुस् जुन यहाँ उल्लेख गरिएका छन् ।

सुमद्रशास्त्रमा उल्लेख गरिएअनुसार पुरुषमा केही यस्ता गुण हुन्छन्, जसबाट उनीहरु वैवाहिक जीवनमा सक्षम र सफल ठहरिन्छन् । यदि यस्ता तपाईले गुण भएका पुरुष भेटाउनुभयो भने विवाह गर्न राजी हुनुहोस् ।

पुरुषमा साहस र धैर्य हुनु आवश्यक हुन्छ । जुनसुकै परिस्थितिको पनि सामना गर्न पुरुषमा आत्मविश्वास र साहस हुनु जरुरी हुन्छ । यस्तै जस्तोसुकै आपत पर्दा पनि नहडबडाउने धैर्यता पनि पुरुषमा हुनु जरुरी हुन्छ ।

तपाईले जीवनसाथी बनाउने भनेर सोचेको पुरुष मेहनती हुनु पनि जरुरी हुन्छ । आफ्नै संघर्षले सफल हुने पुरुषले नै आफ्नो जीवनसाथीलाई पनि सुख दिन सक्छन् । नकि अरुले कमाएको पैसामा धाक लगाउनेहरु ।

अक्सर तपाईंले पनि देख्नुभएको होला कि आफ्नो घरमा भएको झगडालाई धेरैजनाले साथीसँग सेयर गर्ने गर्छन् । तर समुद्रशास्त्रले यस्ता पुरुषलाई कमजोर भनेको छ । जस्तोसुकै परिस्थितिलाई पनि सही रुपमा मूल्याङ्कन गरेर आफ्नो तरिकाले चल्ने पुरुष नै जीवनसाथी बनाउन उपयुक्त हुन्छन् ।

एक राम्रो पुरुष उनै हुन्छन् जो आफ्नी पत्नीलाई सधैं साथमा लिएर हिँड्छन् । साथै जस्तोसुकै कठिन अवस्थामा पनि आफ्नो परिवारको पक्षमा उभिने पुरुष राम्रा मानिन्छन् । यस्तै आफूभन्दा सानो र आफ्नो तल काम गर्ने व्यक्तिको सम्मान गर्ने पुरुष राम्रा मानिन्छन् ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ८ : ५५ बजे

साताको पहिलो दिन नेप्से २४.५८ अंकले घट्यो 

काठमाडौं– साताको पहिलो काराेबार दिन नेपाल स्टक एक्चेञ्ज (नेप्से) २४.५८

बागमती प्रदेशमा ११ हजार डेंगु संक्रमित

बागमती– बागमती प्रदेशमा पछिल्लो समय डेंगु संक्रमितको सङ्ख्या बढ्दै गएको

ग्वार्कोमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते

काठमाडौं– ललितपुरको ग्वार्कोमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते

केकीलाई प्रश्न : कपाल मुण्डन किन प्रचारको ‘मसला’ बनेन ?

काठमाडौं– नायिका केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ नवौँँ दिनमा प्रदर्शनरत

गायक प्रकाश सपुतले फिल्म ‘वसन्त’ बनाउने, भदौदेखि सुटिङ

काठमाडौं- चर्चित गायक प्रकाश सपुतले फिल्म बनाउने भएका छन् ।