तयारी नपुगेर स्थगित नेकपा सचिवालय बैठक भोलि बस्ने | Khabarhub Khabarhub

तयारी नपुगेर स्थगित नेकपा सचिवालय बैठक भोलि बस्ने


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेताहरुको जिम्मेवारी बाँडफाँडका विषयमा छलफल गर्न भोलि (बिहीबार) नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बोलाइएको छ ।

मंगलबारका लागि बोलाइएको बैठक आन्तरिक तयारी नपुगेको, गृहकार्य बाँकी रहेको भन्दै स्थगित गरिएको थियो । आइतबार बसेको बैठकले एकता प्रक्रिया टुंगो लगाएको थियो । कार्यविभाजनलाई अन्तिम रुपम दिन मंगलबारका लागि बोलाइएको बैठक भने गृहकार्य नपुगेका कारण स्थगित गर्नुपरेको नेकपाको सचिवालयले जनाएको छ ।

बिहीबार बस्ने बैठकले विभिन्न ३२ वटा विभाग, तीन आयोग र एक सल्लाहकार समितिको जिम्मेवारी बाँडफाँड गर्ने कार्यसूची तय भएको छ । बिहीबारको बैठकमा गम्भीर रुपमा छलफल हुने बताउँदै नेकपाका प्रवक्ता नेता नारायण काजी श्रेष्ठले बाहिर चर्चा भएजस्तो जिम्मेवारीका विषयमा आधिकारिक निर्णय हुन बाँकी रहेको बताए ।

उनले भने, ‘करिबकरिब एकता प्रक्रियाका सबै कुरा टुंगोमा पुगिसकेका छन् । जिम्मेवारी पनि अन्तिमअन्तिम तिर पुगेको छ । भोलिको बैठकबाट आवश्यक निर्णय लिइन्छ । जिम्मेवारी बाँडफाँडका विषयमा भने बाहिर चलेको हल्ला जस्तो अवस्था छैन । भोलिको निर्णय नै अन्तिम हुनेछ ।’

नेताहरुको जिम्मेवारी बाँडफाँडका विषयमा अहिले पनि आन्तरिक गृहकार्यमा छन् । अनौपचारिक रुपमा कसलाई कुन जिम्मेवारी दिने भन्ने विषयमा छलफल जारी रहेको नेकपाले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ७ : १६ बजे

इलाम अपडेट : एमाले– १०४१९, कांग्रेस– ७०६२, मतान्तर– ३३५७

इलाम– इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना जारी

इलाममा मतगणना स्थल थपियो, तीन ठाउँबाट गनिने

इलाम– मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन

इलाम अपडेट : एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक