विप्लवका छोरा प्रकाशले गरे प्रशंसनीय काम | Khabarhub Khabarhub

विप्लवका छोरा प्रकाशले गरे प्रशंसनीय काम


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका छोराको प्रकाश चन्दको चौतर्फी तारिफ भएको छ । उनले गरेको कर्मका कारण तारिफ भएको हो ।

उनले केही दिन अघि कपिलवस्तुमा दुई दिने स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् । बाबु भूमिगत भइरहेका बेला उनका छोरा प्रकाशले कपिलवस्तुस्थित शिवगढी नगरपालिका–३ भगवानपुरको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् ।

प्रकाशसहित १९ जना स्वास्थ्यकर्मीहरुको सहभागी रहेको शिविर अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघको पहलमा शहिद स्मृति प्रतिष्ठानले आयोजना गरेको हो ।

स्वास्थ्य शिविरबाट २६ सय जनाले सेवा लिएको प्रकाशले बताए । उनका अनुसार स्वास्थ्य शिविरमा स्त्री तथा प्रसुती, बालरोग, दाँतरोग, हाडजोर्नी, छाला रोग तथा यौनरोग, नाक कान घाँटी, प्रयोगशाला र भिडियो एक्सरे सेवा उपलब्ध गराइएको थियो ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ८ : २९ बजे

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

इजरायलसँगको व्यापार बन्द गर्ने टर्कीको घोषणा

काठमाडौं– इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध