कतारले पाकिस्तानमा ३ अर्ब अमेरिकी डलरको लगानी गर्ने | Khabarhub Khabarhub

कतारले पाकिस्तानमा ३ अर्ब अमेरिकी डलरको लगानी गर्ने


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कतारले पाकिस्तानमा ३ अर्ब अमेरिकी डलर बराबरको लगानी गर्ने भएको छ ।  कतारको सरकारी समाचार संस्था क्यूएनएले जनाएअनुसार पाकिस्तानमा कतारले प्रत्यक्ष लगानी तथा निक्षेप गरी ३ अर्ब अमेरिकी डलर बराबरको लगानी गर्ने जनाएको हो ।

कतारको यो लगानीले पाकिस्तान र कतारबीचको आर्थिक साझेदारी ९ अर्ब अमेरिकी डलरसम्म पुग्ने कतारका विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीलाई उद्धृत गर्दै क्यूएनएले जनाएको छ । गत महिनामात्र पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफसँग ६ अर्ब अमेरिकी डलर बराबरको ऋण मिनाहाका लागि पहल शुरु गरेको थियो ।

पछिल्लो समय आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तान कमजोर बन्दै गएको सार्वजनिक वित्त तथा ओरालो लाग्दै गएको अर्थतन्त्रलाई उकास्न संघर्षरत छ । पाकिस्तानले आफ्नो अर्थतन्त्रलाई स्थीर बनाउन खाडी मुलुक तथा अन्तर्राष्ट्रिय दाताहरुसँग ऋण खोजिरहेको बताइन्छ ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ४ : ३९ बजे

राष्ट्रियसभाको बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ ।

पृथ्वीराजमार्ग अन्तर्गत रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड १६ दिनसम्म

प्रतिनिधिसभाको बैठक बस्दै, दल सम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित

काठमाडौं – विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल