मेस्सीले भने कोपामा एक अर्को शुरुवात | Khabarhub Khabarhub

मेस्सीले भने कोपामा एक अर्को शुरुवात


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोपा अमेरिकामा लगातार कमजोर प्रदर्शन पस्किरहेको अर्जेन्टिनाले सोमबार बिहान एसियाली मुलुक कतारलाई पराजित गर्दै क्वार्टरफाइनल यात्रा लय गर्‍यो ।

कोपाको समूह बी मा रहेको अर्जेन्टिनाले कतारलाई हराउँदै कोपाको क्वार्टरफाइनल प्रवेश गरेसँगै स्टार खेलाडी लियोनल मेस्सीले अर्को शुरुवात भनेका छन् । कोलम्बियासँग २–० ले पराजित भएको अर्जेन्टिना दोस्रो खेलमा पाराग्वेसँग १–१ बराबरी खेलेको थियो । तर, समूह चरणको अन्तिम खेल जीत्नै पर्ने दबाबकाबीच अर्जेन्टिना विजयी भयो ।

जसका लागि लाउटेरो मार्टिनेज र सर्जियो अग्युरोले गोल गर्दै टोलीलाई जित दिलाएका हुन् । मेस्सीले खेलपछि दी नेसनलसँग बोल्दै जीतसँगै कोपामा नयाँ शुरुवात भएको बताएका छन् । कोपाको उपाधि दाबेदार टोलीका रुपमा हेरिएको अर्जेन्टिनाले राम्रो सुरुवात गर्ने बताएको छ । ‘हामीले राम्रो खेल खेल्यौं र जीत्यौ,’ कप्तान मेस्सीले भने,‘हामी आत्मविश्वास सहितको यस्तै खेल चहान्थ्यौं ।

हामीले जति धेरै खेल खेल्छौं त्यति नै खेलहरु पनि राम्रो हुँदै जान्छन् । कोपामा रहनका लागि महत्वपूर्ण कुरा भनेको जीत हो । यसले हामीलाई बुस्ट गरेको छ । जसले हामीलाई एक अर्को कोपा शुरु भएजस्तै लागिरहेको छ ।’

कतारविरुद्धको खेलमा उनका लागि महत्वपूर्ण यसका कारण पनि थियो कि जुन २४ गते अर्थात आजकै दिन उनले ३२ औं वसन्त पार गरेका छन् । ‘यो जितले हाम्रो टिमलाई बलियो बनाएको छ,’ मेस्सीले भने ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ४ : ३५ बजे

निर्वाचन आयोगमा दर्ता भयो अशोक राई नेतृत्वको जसपा

काठमाडौं – निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी

अनशनरत व्यक्तिहरूको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न आयोगकाे आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले तीनै तहका सरकारले समन्वय गरी

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं– पाकिस्तान–अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी–२० विश्वकपको समयमा

विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने माग 

काठमाडौं– जनमत पार्टीले विदेशमा रहेका नेपालीले आम निर्वाचनमा मतदान गर्न

इजराइलद्वारा पूर्वी रफाहबाट एक लाख मानिसको सुरक्षित स्थानान्तरण

जेरुसेलम– इजराइली सेनाले सोमबार दक्षिणी सहर गाजामा सम्भावित स्थलगत आक्रमण