अल्भासले बार्सिलोना फर्किने इच्छा देखाए पनि क्लबले रुचि दिएन | Khabarhub Khabarhub

अल्भासले बार्सिलोना फर्किने इच्छा देखाए पनि क्लबले रुचि दिएन


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शनिबार फ्रान्सेली लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट बाहिरिएको घोषणा गरेका ड्यानी अल्भासले बार्सिलोना जाने इच्छा देखाएको बताइएको छ ।

ब्राजिलका डिफेन्डर अल्भासले कुन क्लबमा जाने निश्चित नहुँदै पीएसजी छाडेका थिए । उनले जाने इच्छा देखाएपनि बार्सिलोनाले उनीप्रति भने रुची नदेखाएको स्पेनिस फुटबल पत्रिका मार्काले उल्लेख गरेको छ ।

३६ वर्षीय डिफेन्डरले बार्सिलोना फर्किने इच्छा जाहेर गरेपनि क्याम्प नाउनले भने उनमा मन नलगाएको पत्रिकाले उल्लेख गरेको छ ।

स्पेनको रेडियो नेटवर्कलाई उदृत गर्दै मार्कोले आल्भास आफैले बार्सिलोना जाने प्रस्ताव गरेको जनाएको छ ।उनी बार्सिलोनामा रहँदा बार्सिलोनाले ३ पटक च्याम्पियन्स लिग उपाधि हात पारेको थियो ।

भेट्रान खेलाडी अल्भासले क्याम्प नाउ छाड्दा बार्सिलोनाको चर्को आलोचनासमेत भएको थियो ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  १ : २६ बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा