विश्वकप क्रिकेट : अंक जोड्ने लक्ष्यमा अफगानिस्तान, तालिकामा बढुवाको खोजिमा बंगलादेश | Khabarhub Khabarhub

विश्वकप क्रिकेट : अंक जोड्ने लक्ष्यमा अफगानिस्तान, तालिकामा बढुवाको खोजिमा बंगलादेश


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तरगर्त आज (सोमबार) बंगलादेश र अफगानिस्तानले प्रतिस्पर्धा गर्दैछन् । साउथ ह्यामटनस्थित ह्याम्पसायर बोमा हुने खेल नेपाली समय अनुसार सबा ३ बजे शुरु हुनेछ ।

विश्वकपमा अहिलेसम्मका खेलमा राम्रो प्रदर्शन गर्न नसकेको अफगानिस्तानसँगको खेलमा बंगलादेश सहज जीतको खोजिमा रहेको छ । तर, गएको शनिबार भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दा पनि हार व्यहोरेको अफगानिस्तान बंगलादेशसँग अंक खोस्ने लक्ष्यसहित मैदान उत्रिनेछ ।

६ खेल खेलिसक्दा विश्वकपको अंक तालिकामा अंक जोड्न नसकेको अफगानिस्तान ७ औं खेलसम्म आइपुग्दा पनि अंक तालिकामा खाता खोल्ने लक्ष्यमै रहेको छ ।

विश्वकपमा बंगलादेशका शाकिब अल हसनले चर्चा पाइरहेका छन् । उनले टोलीका लागि महत्वपूर्ण जित निकाल्न योगदान दिएका छन् भने अन्य ब्याट्सम्यानहरु पनि लय समाती रहेका छन् । त्यस्तोमा अफगानिस्तानलाई अफ्ठ्यारो पर्न सक्छ ।

यद्यपी, अफगानिस्तानका लागि मोहम्मद नाभि पनि आक्रामक र टिकेर खेल्न सक्ने ब्याट्सम्यान छन् । उनी माथि अफगानिस्तानको ब्याटिङको भरोसा रहन्छ । तालिकामा अंक जोड्न नसकेको अफगानिस्तान पुछारमा रहँदा बंगलादेशले ६ खेलबाट ५ अंक जोडेर तालिकाको छैठौं स्थानमा रहेको छ । अफगानिस्तानलाई पराजित गर्दै अंक तालिकामा माथि उक्लिने लक्ष्यमा बंगलादेश रहेको छ ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  १० : ३२ बजे

गण्डकी प्रदेश सरकारविरुद्धको रिटको पेशी आज

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध  सर्वोच्च अदालतमा परेको रिटको पेशी बिहीबारलाई

रोमाञ्चक मोडमा आईपिएलः यस्तो बन्दैछ समीकरण

यो सिजनको इन्डियन प्रिमियर लिग (आईपिएल) रोमाञ्चक मोडमा पुगेको छ।

पारस खड्का भन्छन् – ‘मेरो चरित्र हत्या गरियो, ढिलो चाँडो कानुनी दायरामा ल्याउँछु’

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक

नारायणगढ-मुग्लिन सडकमा निर्माणाधीन पुलको काम तीव्र

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डका निर्माणाधीन सबै पुल आगामी कात्तिकसम्ममा सञ्चालन गर्नेगरी

तनहुँ कारागारमा क्षमताभन्दा बढी बन्दी, व्यवस्थापनमा समस्या

दमौली– जिल्ला कारागारमा तीन सय २३ कैदीबन्दी छन् । दैनिकरुपमा