अर्को सातादेखि साझाका २० बस थपिने, यी हुन् नयाँ रुट | Khabarhub Khabarhub

अर्को सातादेखि साझाका २० बस थपिने, यी हुन् नयाँ रुट


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — साझा यातायातले राजधानीमा बसहरु थप गर्ने भएको छ ।

साझाले काठमाडौं महानगरसँगको सहकार्यमा थप २० वटा बस सञ्चालन गर्ने भएको हो। साझाले ती बस असार १६ देखि सञ्चालनमा ल्याउने भएको छ। साझाका अनुसार ती बस सञ्चालनका लागि यातायात व्यवस्था विभागबाट रुट परमिटसमेत लिइसकिएको छ। ती बस काठमाडौं, ललितपुर र भक्तपुरमा चलाइने छन्।

साझाका अनुसार नयाँ बसपार्कबाट जडीबुटी हुँदै कमलविनायकसम्म र चाबहिलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लगनखेलसम्म बस सञ्चालन गर्ने रुट तय गरिएको गरिएको छ। साझाका ७१ बस नियमित सञ्चालनमा छन्। २० वटा थपिएपछि ९१ वटा पुग्नेछन्।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ८ : ४० बजे

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी