निर्माणाधीन मैदानमा 'पीएम कप'का खेल हुने ! | Khabarhub Khabarhub

निर्माणाधीन मैदानमा ‘पीएम कप’का खेल हुने !



काठमाडौं- नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएको झण्डै डेढ वर्षपछि मुलपानीमा निर्माणाधीन क्रिकेट मैदान सञ्चालनमा आउँदैछ । सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने गुरु योजनासहित मैदान निर्माण शुरु भएको झण्डै एक दशक पछि मैदान सञ्चालनमा आउन लागेको हो ।

निर्माणाधीन रंगशालाको काम नसकिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोताका लागि मैदान तयार गरिएको हो । शुक्रबारदेखि शुरु हुन लागेको प्रतियोगिताको केहि खेल मुलपानी मैदानमा खेलाएर पहिलो पटक खुला गर्ने दाबी गरिएको छ ।

यसअघि मूलपानी क्रिकेट मैदानमा गर्ने योजना बनाइए पनि प्रतियोगिताको उद्घाटन भने शुक्रबार बिहान साढे ९ बजे युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले  कीर्तिपुर खेल मैदानमा उद्घाटन गरेका छन् ।

भनेको समयमा निर्माण कार्य सम्पन्न नहुँदा र खेल मैदान तयार नबन्दा पीएम कपका खेल हुने विश्वस्त आधार छैनन् । खेलाडीका लागि चाहिने ड्रेसिङ रुम, स्कोर बोर्ड, शौचालयलगायतका अत्यावश्यक पूर्वाधार मूलपानी मैदानमा तयार भएका छैनन् ।

निर्माणाधीन मैदानमा सरकारले प्रतियोगिता उद्घाटन गराइरहँदा प्रश्न गर्ने ठाउँ धेरै छन् । राखेप आफैले निर्माणको जिम्मा पाएको र समयमा काम पनि पुरा गर्न नसकेको अवस्थामा राखेपले नै काम भइरहेको मैदानमा प्रतियोगिता गर्न लागेको छ ।

राखेप नेतृत्वको भनाइलाई मान्ने हो भने पीएम कप आयोजना गरेर मुलपानी क्रिकेट मैदान खेल्न योग्य भएको सन्देश जनतासम्झ दिन लागिएको हो । तर, नेपालमा कुनै पनि ठूला साना प्रतियोगिता आयोजना गर्न पूर्वाधार निर्माण सम्पन्न गरेर सञ्चालन गर्ने गरिएको छ । तर, लामो समयदेखि अन्तर्राष्ट्रिय सुविधा सम्पन्न रंगशाला निर्माण गर्ने जिम्मा पाएको राखेप नेतृत्व मैदानको निर्माण सम्पन्न नहुँदै प्रतियोगिता आयोजना गर्न लागि पर्‍यो ।

प्रतियोगिता आयोजना गर्दा मैदानमा पूर्वाधारको व्यवस्था हुँदै जाने पनि कतिपयको भनाई छ । तर, शौचालय र ड्रेसिङ रुमको पनि व्यवस्थापन नहुँदै मैदानमा प्रतियोगिता आयोजना गर्नु हतारो बाहेक अरु केही पनि होइन् ।

यद्यपी, क्रिकेटमा अन्य पूर्वाधार भन्दा पनि मैदानमा बनेको पीचले ‘विकेट’को महत्व धेरै हुन्छ । एकदिवसीय मान्यता प्राप्त देशका क्रिकेटर मैदान उत्रिने प्रतियोगितामा पीच हतार–हतार तयार गर्दा कत्तीको गुणस्तरीय होला भन्ने पनि प्रश्न उठिरहेको छ ।

तर, पीचको जिम्मा पाएका क्युरेटर अजय पाण्डे भने पीच अहिले प्रतियोगिता आयोजना गर्न तयार भइसकेको बताउँछन् । उनले भने,‘पीएम कपका लागि पीच बनाउन थालेको १२–१३ दिन भयो । यत्तीमा हामीले लगभग पीच निर्माण गरीसकेका छौं । यसको गुणस्तर भन्दा पनि यो प्रतियोगिता आयोजना गर्न पीच तयार छ ।’

मैदानमा ७ विकेट बनाइएका छन् । जसमध्ये यो प्रतियोगिताका लागि २ विकेट मात्रै प्रयोग हुने गरी तयार गरिएको छ । तर, मैदानमा बनाइएका पीच खेलको २ दिन अगाडिसम्म पनि बनाउने काम भइरहेको थियो । तर, क्युरेटर पाण्डेले शुक्रबारको खेलका लागि पीच तयार भइसकेको दावी गरेका थिए । उनले अगाडि भने, ‘हामी काम गरिरहेका छौं । पीचमा दुवो छ । त्यसलाई रोलर लगाएर मिलाउने काम भइरहेको छ । यो प्रतियोगिताका लागि पीच तयार भइसकेको छ ।’

नेपालमा हुने एक मात्रै एकदिवसिय क्रिकेट प्रतियोगिता निर्माणाधीन मैदानमा खेलाउन लागेको भन्दै आलोचना भइरहे पनि राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमटा भने मैदान खेल्न योग्य भइसकेको बताउँछन् ।

उनले भने, ‘मैदान ठिकै छ । त्यो घरले् केही पनि असर गर्दैन । नेपालले अन्तराष्ट्रिय खेलमा पनि ४०–४५ यार्डको बाउण्ड्रीमा खेल्दै आएको छ । तर, यहाँ त ५०–५५ यार्डको मैदान छँदैछ । ती घरहरु मैदानमा छन् । तर, बाउण्ड्री बाहिर रहेकाले त्यसले समस्या गर्दैन् ।’

त्यस्तै, प्रशिक्षक टमटा मुलपानीमा पनि खेल गराउँदा यसअघि त्रिवि क्रिकेट मैदानमा २५ दिनसम्म चल्ने खेल १५ दिनमा सम्पन्न हुने भएकाले मुलपानीमा दिनको एक खेल खेलाउने राखेपले निर्णय गरेको बुझाइ छ ।

पूर्वाधारको कुरा छाडौं । सरकारले मैदानको मुआब्जा विवाद समाधान भइसक्दा पनि राखेपले मैदानको बीच भागमा रहेका घरलाई स्थानान्तरण गर्न सकेको छ्रैन् । गएको साउन महिनामा मन्त्री परिषद् बैठकबाट मैदानमा रहेको ५२ आना जग्गाको विवाद समाधानका लागि सट्टा भर्ना दिने निर्णय गरेको थियो ।

जग्गा विवाद समाधान भयो । त्यहाँ रहेका घरधनीहरुले मुलपानी क्रिकेट मैदान बरीबरी रहेको सरकारी जग्गामा सार्ने गरी जग्गाधनी लालपूर्जा पनि वितरण गरिसकेको छ । तर, राखेपले आफ्नो जग्गाधनीलाई लालपूर्जा धमाइसक्दा पनि उनीहरुलाई स्थानान्तरणका लागि पहल गर्न भने सकेको छैन् ।

शुक्रबार खेल हुनेभएपछि राखेपले उक्त विवादित जग्गाले मैदानलाई असर गर्ने जति डोजर लगाएर सम्याइ सकेको छ । यद्यपी मैदानको पश्चिम किनारमा दुई घर भने ठिङ्ग उभिएकै छन् ।

मैदान हेर्दा साँच्चिकै मन बहकाउने छ । तर, मैदान परिसरमा रहेका घरले त्यसको सोभा घटाएका छन् । त्यहाँ रहेका दुवै घरका मालिकहरुले नयाँ जग्गाको धनी पूर्जा पाइसकेका छन् । तर, उनीहरुलाई धमाइएको लालपूर्जामा पनि सुकुम्बासीहरु घर टहरा बनाएर बसिरहेकाले छन् । त्यहीँ मध्येकी ठूली तिम्सिनाले आफुहरुले घरको लालपूर्जा पाइसकेपनि नयाँ पूर्जामा सुकुम्बासीहरु बसिरहेकाले उनीहरुलाई आफुहरुले धपाउन नमिल्ने तर्क गर्छिन् ।

राजनीतिक कारणले जग्गा स्थानान्तरणमा समस्या !

२१ हजार सिट क्षमताको प्याराफिट बनाउन राखेपको गुरुयोजना बनाएको थियो । तर, मैदानको पश्चिम कुनामा रहेको ५२ आना जग्गा व्यक्तिको नाम थियो । उक्त विवाद समाधान तर्फ रादखेपले ध्यान नदिँदा लामो समय मैदान निर्माणाले समय लियो । तर, गएको साउनमा सरकारले उक्त विवादीत जग्गाका जग्गा धनीलाई सट्टा भर्ना गर्ने निर्णय गरेको थियो ।

५२ आना जग्गाका धनीलाई सरकारले क्रिकेट मैदान वरिपरी रहेको सरकारी जग्गा उनीहरुको नाममा पास गरिसकेको छ । उनीहरुले लाल पूर्जा पनि पाइसकेका छन् । उनीहरु अब मात्रै नयाँ जग्गामा सारिदिन राखेपसँग आग्रह गरिरहेका छन् ।

तर, उनीहरुको नाममा गरिएको जग्गामा पहिले मैदानबाट हटाइएका सुकुम्बासीहरुले घर टहरा बनाएका छन् । मैदानका दुई घरलाई स्थानान्तररणमा राखेपले साथ दिनु पर्ने उनीहरुको माग छ ।

तर, सुकुम्बासीहरुलाई त्यो ठाउँबाट हटाउन मन्त्रालय र राखेप नेतृत्वले पहल गर्नु मुलपानी मैदानका लागि राखेप प्रतिनिधि आरके बिष्टको भनाइ छ । उनले भने,‘यसका लागि मन्त्रालय र राखेप नेतृत्वले पहल गर्नु पर्नेछ । हामीले भनेर हुँदैन् । तर, पनि यसको व्यवस्थापनका लागि छलफल भइरहेको छ । सायद यो महिना भित्र उहाँहरु नयाँ ठाउँमा सर्नु हुन्छ ।’

सरकारले मुलपानीमा रहेका सुकुम्बासीलाई यसअघि नै पनि २–२ लाख दिइसकेको छ । तर, केही सुकुम्बासीहरुले उक्त सरकारले दिएको रकम पनि लिएका छैनन् । भने उनीहरुले सरकारलाई आफ्नो उचित व्यवस्थापन गर्न आग्रह गर्दै आएका छन् । उनीहरुलाई स्थानीय राजनीतिक दलहरुले उचालिरहेको पनि स्थानीयले आरोप लगाउने गरेका छन् ।

यो विषयमा राखेप प्रतिनिधि बिष्ट पनि सहमत हुन्छन् । तर, उनी आफ्नो तहबाट उक्त समाधानमा कुनै असर नगर्ने भन्दै मन्त्रालय र राखेपले चाहेको खण्डमा मैदान खाली हुन एक महिना पनि नलाग्ने बताउँछन् ।

राखेप र नेपालय इन्टरनेशनलको व्यवस्थापनमा हुने प्रतियोगिता जेठ १० गतेदेखि २५ गतेसम्म आयोजना हुनेछ । कीर्तिपुरस्थित क्रिकेट मैदान र मुलपानी अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगितामा तीन विभागीय टिम र सात प्रदेश सहित १० टोलीले सहभागिता जनाउनेछन् ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ८ : ०४ बजे

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं– पाकिस्तान–अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी–२० विश्वकपको समयमा

विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने माग 

काठमाडौं– जनमत पार्टीले विदेशमा रहेका नेपालीले आम निर्वाचनमा मतदान गर्न

इजराइलद्वारा पूर्वी रफाहबाट एक लाख मानिसको सुरक्षित स्थानान्तरण

जेरुसेलम– इजराइली सेनाले सोमबार दक्षिणी सहर गाजामा सम्भावित स्थलगत आक्रमण

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं– छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ

संकटमा माटोका भाँडा व्यवसायी

कैलाली– पछिल्लो समय प्लास्टिकका भाँडा बढी मात्रामा प्रयोग गर्न थालेपछि