पासपोर्टको प्रतिलिपि बनाउन ६ हजार घुस, कर्मचारीसहित २ जना कर्मचारी पक्राउ | Khabarhub Khabarhub

पासपोर्टको प्रतिलिपि बनाउन ६ हजार घुस, कर्मचारीसहित २ जना कर्मचारी पक्राउ


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


इलाम– हराएको पासपोर्ट (राहदानी) बनाउनका लागि ६ हजार रुपैयाँ घुस माग्ने कर्मचारीसहित २ जना पक्राउ परेका छन् ।

जिल्ला प्रशासन कार्यालय इलामका नायव सुब्बा विनोद विसीले हराएको पासपोर्टको प्रतिलिपि बनाउन सेवाग्राहीसँग ६ हजार रुपैयाँ घुस मागेका थिए । उक्त घुस रकम उठाउनका लागि युवा स्वरोजगार कार्यक्रमका स्वंयसेवक भानुभक्त आचार्यलाई परिचालन गरिएको थियो ।

आचार्यले सेवाग्राहीबाट ६ हजार रुपैयाँ उठाएर नायव सुब्बा विसीलाई बुझाउँदा दुवैजना पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले दुवैजनालाई जिल्ला प्रशासन कार्यालय इलामबाट पक्राउ गरेको हो ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  ४ : ५३ बजे

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ