जिल्ला कमिटीको एकतामा तलमाथि भएको छैन– नेता नेपाल | Khabarhub Khabarhub

जिल्ला कमिटीको एकतामा तलमाथि भएको छैन– नेता नेपाल


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले जिल्ला कमिटीहरु एकीकरण शीर्ष नेतृत्वबीच सहमति भएर गरिएको बताएका छन् ।

मदन भण्डारी स्मृति वाटिका स्थापना दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा वरिष्ठ नेता नेपालले जिल्ला कमिटी नेतृत्व सबैलाई चित्त बुझ्ने गरी बनाइएको र त्यसमा आफू सन्तुष्ट रहेकोबताए ।

‘‘पार्टी एकताको जुन काम भएको छ, त्यो सबैको सहमतिमा भएको छ’, उनले भने, ‘जिल्ला कमिटी मसँगको सहमतिमै भएको हो । सहमति भन्दा तलमाथि भएको छैन, ठिक ढंगले भएको छ । नभए त म बोली हाल्छु नि फेरि ।’

नेकपा स्थापना दिवसको दिन आयोजिक कार्यक्रममा जिल्ला अध्यक्ष र सचिवको सूचीमा असन्तुष्टि जनाउँदै नेता नेपाल बाहिरिएको समाचार सार्वजनिक भएको समाचारहरु बारे नेता नेपालले भने ‘ यी अनावश्यक टिप्पणी हुन् ।’

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  १ : ३७ बजे

वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी

क्यानडाका लागि नेपाली राजदूत पौड्यालबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले गभर्नर जलरल मेरी

बाँकेको क्षेत्रीय कारागार आजदेखि सञ्चालनमा आउने

काठमाडौं– बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा निर्माण भएको क्षेत्रीय कारागार आजदेखि

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली