आठौं राष्ट्रिय खेलकुद : पुरुष भलिबलमा पुलिसलाई स्वर्ण | Khabarhub Khabarhub

आठौं राष्ट्रिय खेलकुद : पुरुष भलिबलमा पुलिसलाई स्वर्ण


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- नेपालगञ्जमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुषतर्फ भलिबलमा नेपाल पुलिसले क्लबले स्वर्ण पदक हात पारेको छ ।

खजुरा नगरापालिकास्थित शुक्र भलिबल एकेडेमीमा भएको फाइनल खेलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको हो । पुसलसले आर्मीलाई ३-१ को सेटमा पराजित गरेको हो ।

पहिलो सेट २५-१८ ले जितेको पुलिसले दोस्रो सेट २३-२५ ले गुमाएको थियो । त्यसपछि पुलिसले लगातार दुई सेट २५-२० र २५-१८ ले जित्दै उपाधि पोल्टामा पारेको हो ।

महिला भलिबलको स्वर्ण भने अर्को विभागीय टिम एपीएफले जितेको छ । आजै तेस्रो स्थानका लागि भएको खेलमा एपीएफ विजयी भयो । एपीएफले गण्डकी प्रदेशलाई ३-२ को सेटमा पराजित गर्यो ।

सुरुवाती दुई सेट गुमाएको एपीएफले खेलमा उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  १२ : ४९ बजे

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल