आफ्नै मन्त्रीहरुबाट टेरिजा मेलाई प्रधानमन्त्रीबाट हटाउने षड्यन्त्र ! | Khabarhub Khabarhub

आफ्नै मन्त्रीहरुबाट टेरिजा मेलाई प्रधानमन्त्रीबाट हटाउने षड्यन्त्र !


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


लन्डन– आफ्नै सरकारका मन्त्रीहरुबाट बेलायतमा टेरिजा मेलाई प्रधानमन्त्रीबाट अपदस्थ गर्ने तयारी शुरु भएको छ ।

बेलायतको सण्डे टाइम्स पत्रिकाले सार्वजनिक गरेको समाचारमा जनाइएअनुसार बेलायत युरोपेली युनियनबाट बाहिरिने विषयमा मेको भूमिकाबाट असन्तुष्ट मन्त्रीहरुले सामूहिक राजीनामा दिएर उनलाई प्रधानमन्त्रीबाट हटाउने तयारी गरिरहेका छन् ।

आफ्नो समाचारमा सण्डे टाइम्सले ११ श्रोतलाई उद्धृत गरेको जनाएको छ । जसअनुसार मेलाई १० दिनभित्रै प्रधानमन्त्रीबाट हटाउने तयारी भइरहेको पत्रिकाले लेखेको छ । मेको स्थानमा को प्रधानमन्त्री बन्ने भन्नेबारे स्पष्ट नभइसकेको समाचारमा उल्लेख छ । यद्यपि सत्तारुढ कन्जर्भेटिभ पार्टीका उपनेता डेभिड लिडिङ्टन, वातावरणमन्त्री माइकल गुभ, विदेशमन्त्री जेरेमी हण्टलगतयत मे सरकारको बहिर्गमनपछि अन्तरिम प्रधानमन्त्रीको उम्मेद्वार रहेको बताइएको छ ।

तर, लिडिङ्टन धेरै नै युरोपियन युनियनको समर्थक रहेकाले मन्त्रीहरुले माइकल गुभलाई अन्तरिम प्रधानमन्त्रीमा सिफारिस गर्नसक्ने बताइएको छ ।

मन्त्रीहरुले सोमबार प्रधानमन्त्री मेलाई राजीनामा दिन दबाब दिने र मेले राजीनामा नदिएमा मन्त्रीहरुले १० दिनभित्र सामूहिक राजीनामा दिनसक्ने समाचारमा उल्लेख छ ।

बेलायत युरोपेली युनियनबाट बाहिरिने विषयमा युरोपेली युनियनसँग गत नोभेम्बरमा मेले गरेको सम्झौता बेलायती संसद्ले दुईपटक अस्वीकार गरेको थियो । सभामुख जोन बर्कोले त्यही सम्झौता तेश्रो पटक संसद्मा प्रस्ताव गर्न नदिइने घोषणा गरेपछि मे समस्यामा परेकी बताइएको छ ।

पछिल्लो समय मेले बेलायत युरोपेली युनियनबाट बाहिरिने म्याद आगामी मे महिनाको २२ सम्म थप्न सम्झौता गरेकी थिइन् । तर, पनि उनको भूमिका प्रभावकारी नभएको र सरकारका मन्त्रीहरु निकै व्यग्र भइरहेकाले उनीहरुले राजीनामा दिने तयारी गरिरहेको सण्डे टाइम्सले जनाएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ७ : २० बजे

सुहाङ ५ हजार ६६२ मतले अगाडी 

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गत इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

भारतीय लगानीकर्तालाई सहजीकरण गर्न हातेपुस्तिका सार्वजनिक 

काठमाडौं– लगानी सम्मेलनको क्रममा भारतीय लगानीकर्तालाई लक्षित गरेर विशेष हातेपुस्तिका

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका