सशस्त्र प्रहरी सहायक निरीक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक | Khabarhub Khabarhub

सशस्त्र प्रहरी सहायक निरीक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– लोक सेवा आयोगले सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदका लागि लिइएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले गत माघ ४, ५ र ६ गते सञ्चालन गरेको परीक्षाको नतिजा केही दिन अगाडि सार्वजनिक गरेको थियो ।

जसमध्ये सशस्त्र प्रहरी सहायक निरीक्षकमा माग भएभन्दा धेरै कम उम्मेदवार मात्रै लिखित परीक्षामा नाम निकाल्न सफल भएका छन् । सशस्त्र प्रहरीले असईका लागि २ सय ३९ जना माग गरेकोमा ५५ जनाले मात्रै लिखित परीक्षामा नाम निकालेका छन् ।

सशस्त्र प्रहरीले असईका लागि खुलातर्फ १ सय २८ जना माग गरेकोमा ३९ जनाले नाम निकालेका छन् । यस्तै महिलातर्फ २२ जना माग गरिएकोमा ३ जना, आदिवासी जनजातितर्फ ३५ जना माग गरिएकोमा ८ जना, मधेसीतर्फ ३० जना माग गरिएकोमा ३ जना नाम निकाल्न सफल भएका छन् । यस्तै, दलिततर्फ १६ जना माग गरिएकोमा कसैले पनि नाम निकाल्न सकेनन् । पिछडिएको क्षेत्रअन्तर्गत ५ जना माग गरिएको २ जनाले मात्रै नाम निकालेका छन् । यस्तै अमर/अशक्त सशस्त्र प्रहरी कर्मचारीका परिवारका लागि ३ जनाको कोटा छुट्याएकोमा १ जनाले पनि नाम निकाल्न सकेनन् ।

हेर्नुहोस् लिखित परीक्षाको पूर्ण नतिजा,

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  १ : १६ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र