एसईई दिएपछि करिश्मा भन्छिन् – सपना पूरा गर्न आफ्नाहरुको हौसला र साथविना सम्भव छैन | Khabarhub Khabarhub

एसईई दिएपछि करिश्मा भन्छिन् – सपना पूरा गर्न आफ्नाहरुको हौसला र साथविना सम्भव छैन


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेत्री तथा नयाँ शक्ति पार्टीकी नेत्री करिष्मा मानन्धरले आज एसईईको (आइतबार) परीक्षा दिएकी छिन् । एसईईको परीक्षा दिएपछि उनले सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै सहयोग र हौसला दिने सबैलाई धन्यवाद दिएकी छिन् ।

एसईईका लागि करिश्माले लामो समयदेखि तयारी गरिरहेकी थिइन् । उनको परीक्षा सेन्टर काठमाडौंको डिल्लीबजारस्थित विजय स्मारक माविमा परेको थियो । परीक्षा हल प्रवेश गर्नुअघि पत्रकारसँग कुरा गर्दै उनले आफूले राम्रै तयारी गरेको बताइन् ।

स्कूल पोशाकमा कार चढेर परीक्षा दिन पुगेकी करिश्मा केही सिरियस देखिएकी थिइन् । उनले परीक्षा दिइसकेपछि सामाजिक सञ्जाल फेसबूकमा एक पोस्ट गर्दै सपना सानो या ठूलो जस्तो भए पनि त्यो पूरा गर्न आफ्नाहरुको हौसला र साथविना सम्भव नहुने बताइन् ।

‘सपना सानो होस् या ठूलो पूरा गर्न आफ्नाहरुको हौसला र साथविना सम्भव हुँदैन,’ करिश्माले स्टाटसमा लेखेकी छिन्, ‘शुभकामना दिनुहुने मेरा परिवार र चलचित्र क्षेत्रका परिवार र सम्पूर्ण साथीहरुलाई धन्यवाद ।’

साथै उनले आफूसँग आजै एसईई दिने सबै विद्यार्थीलाई शुभकामना पनि दिएकी छिन् । उनलाई नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले फोनमार्फत शुभकामना दिएका थिए ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  १२ : ४८ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र