दुई किशोरीद्वारा झुण्डिएर आत्महत्या | Khabarhub Khabarhub

दुई किशोरीद्वारा झुण्डिएर आत्महत्या


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गौशाला– महोत्तरी जिल्लामा शनिबार दुई किशोरीले झुण्डिएर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार जिल्लाको सम्सी गाउँपालिका–४ सलेवर यादवकी छोरी १३ वर्षीया साङ्ग्रिला यादव र बर्दिबास नगरपालिका–९ बस्ने सुरेन्द्र महतोकी छोरी १३ वर्षीया कञ्चनकुमारी महतोले आत्महत्या गरेका छन् ।

साङ्ग्रिलाले आफ्नै सुत्ने कोठामा रहेको पङ्खामा र कञ्चनले घरभन्दा २०० मिटर पर रहेको आँपको रुखमा सलको पासो लगाई झुण्डिएर आत्महत्या गरेको प्रहरी उपरीक्षक कार्कीले बताए ।

दुई किशोरी एकै दिन किन, के–कति कारणले झुण्डिएर आत्महत्या गरे भन्नेबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ भने दुवै किशोरीको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको जनाइएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  १० : ५७ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर