एएफसी यू–२३ च्याम्पियनसिप छनोट: नेपाल आज कतारसँग खेल्दै | Khabarhub Khabarhub

एएफसी यू–२३ च्याम्पियनसिप छनोट: नेपाल आज कतारसँग खेल्दै


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं — एएफसी यू—२३ च्याम्पियनसिप छनोटका लागि कतारमा रहेको नेपाली यु—२३ टोलीले आज (आइतबार) दोस्रो खेलमा आयोजक कतारसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा शुक्रबार ओमानसँग पराजित भएको नेपाली टोली दोस्रो खेलमा जीत निकाल्ने लक्ष्यमा रहेको छ ।

कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरको मैदानमा हुने दाोस्रो खेलमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै एसिया कप विजेता कतारी टोलीलाई रोक्नु पर्नेछ ।

ओमानसंग १—० गोल अन्तरले पराजित भएको नेपालले आजको खेलमा पुनरागमको योजना बनाएको छ । नेपालले दोस्रो चरण पुग्न कतारलाई पराजित गर्नैपर्ने हुन्छ भने अन्तिम खेलमा पनि अफगानिस्तानलाई पराजित गर्न सके दोस्रो चरणको सम्भावना कायम रहनेछ ।

नेपाली टोलीमा अमित तामाङ, अनन्त तामाङ, अविशेक रिजाल, अन्जन बिष्ट, एरिक बिष्ट, अर्पण कार्की, असिम भुसाल, विकास खवास, बिमल घर्ति मगर, बिश्वास श्रेष्ठ, दिनेश राजवंशी र गौरब बुढाथोकी छन् ।

यस्तै, हेमन्त थापा मगर, कमलश्रेष्ठ, प्रिजन तामाङ, धिरज श्रेष्ठ, रोमन रसाइली, सुमन अर्याल, सुनिल बल, तेज तामाङ, छिरिङ गुरुङ, नितिन थापा र दिप कार्की टोलीमा रहेका छन् ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  १० : ०३ बजे

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची– सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष

घरभँडुवा नेताबाट सावधान !

जुनसुकै घरपरिवारमा सामान्य मतभेद, विवाद वा अन्तरविरोध विद्यमान रहन्छ ।

उपेन्द्र यादव प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटारमा

काठमाडौं- उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)