मलेसियाले पठायो कामदार लिन नयाँ स्वास्थ्य मापदण्ड | Khabarhub Khabarhub

मलेसियाले पठायो कामदार लिन नयाँ स्वास्थ्य मापदण्ड


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कामदारको मुख्य गन्तव्य देश मलेसियासँग रोकिएको रोजगारी खुल्ने भएको छ । अब केही दिन भित्रैमा रोजगारी खुल्ने श्रम मन्त्रालयका एक अधिकारीले बताए ।

९ महिनादेखि बन्द अवस्थामा रहेको मलेसिया रोजगारी खुलाउन मलेसिया सरकार सकारात्मक भएसँगै रोजगारी खुल्ने भएको हो । भिसा र स्वास्थ्य परीक्षण लगायतका खर्च रोजगारदाता कम्पनीले व्यहोर्ने भएसँगै मलेसियामा रोकिएको रोजगारी खुल्ने भएको हो ।

सहमति भएसँगै अवैधानिक रूपमा खडा भएका बायोमेट्रिक, भीएलएन, माइग्राम, आईसी र जीएससी संस्थाका नाममा कामदारको अतिरिक्त शुल्क अब रोजगारदाताले नै तिर्नेछन् ।

नेपाली कामदार लिन मलेसियाले नयाँ स्वास्थ्य मापदण्ड पठाएसँगै लामो समय रोकिएको राजगारी खुल्ने निश्चि भएको हो ।

अव अन्तर्राष्ट्रिय मापदण्ड पुगेका स्वास्थ्य संस्थाले रोजगारीमा जान चाहने व्यक्तिको स्वास्थ्य परीक्षण गर्न सक्नेछन् ।

मलेसिया सरकारले श्रम मन्त्रालयलाई नयाँ मापदण्ड अनुसार स्वास्थ परीक्षणको संरचना पठाएको छ ।

अब दुबै देशका टेक्निकल कमिटीको बैठक बसेर कामदार लैजाने विषयमा हस्ताक्षर हुने छ ।

‘मलेसियाका लागि कलिङ भिसा लगाए र ९ महिना अघि देखिर रोकिएका करिब १ लाक कामदार लैजाने विषयमा मलेसिया तयार भएको हो’ मलेसिया स्थित नेपाली राजदूतावासका एक उच्च अधिकारीले बताए ।

श्रम मन्त्री गोकर्ण विष्टले स्वास्थय, विमा लगायतमा राखेको अडानलाई मलेसिया सरकारले सकारात्मक रुपमा लिएको नेपाली दूतावासको उच्च अधिकारीले बताए ।

वैदेशिक रोजगार विभागकाअनुसार मलेसियामा ५ लाख नेपाली कामदार छन् । नेपाल भित्रिने कुल रेमिटमध्ये ३५ प्रतिशतभन्दा बढी मलेसियाले ओगट्दै आएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ८ : ४० बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख १६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट