प्रधानमन्त्रीलाई उपेन्द्र यादवको राजीनामा पत्र– नैतिकताका आधारमा सरकारमा बसिरहन मिलेन | Khabarhub Khabarhub

प्रधानमन्त्रीलाई उपेन्द्र यादवको राजीनामा पत्र– नैतिकताका आधारमा सरकारमा बसिरहन मिलेन


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारबाट बाहिरिन निर्णय गरेको केही समयमै उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यावले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र पठाएका छन् ।

मन्त्री यादवले आफैं उपस्थित नभएर ‘प्रतिनिधि’मार्फत प्रधानमन्त्री ओलीसमक्ष राजीनामा बुझाएका हुन् ।

समाजवादी पार्टीको मंगलबार बसेको पदाधिकारी बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

उपप्रधानमन्त्री यादवले नैतिकताको आधारले सरकारमा बहिरहन औचित्य नभएको हुँदा राजीनामा दिएको घोषणा गरेका छन् ।

संविधान संशोधनका सन्दर्भमा सरकार गठनका बेला २ बुँदै सहमति भएको स्मरण गराउँदै यादवले प्रधानमन्त्रीबाट उक्त सहमतिको पालना भएको पनि उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  २ : ५२ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र