भारतसँगको सीमा क्षेत्रमा प्रहरीको ‘डग स्नेफिङ’ | Khabarhub Khabarhub

भारतसँगको सीमा क्षेत्रमा प्रहरीको ‘डग स्नेफिङ’


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– रामजानकी बिवाह पञ्चमी महामहोत्सवलाई लक्षित गरी जनकपुरको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

सीमा क्षेत्रमा आवत-जावत गर्नेहरुमाथि कडा निगरानी गरिएको धनुषा प्रहरीले जनाएको हो।

आइतबार दिउँसो प्रहरीले धनुषा मुखियापट्टी मुसहरनिया गाउँपालिका–३ तुलसियाहीस्थित नेपाल–भारत सीमान नाकामा आवत–जावत गर्नेमाथि चेकजाँच गरेको जनाएको छ ।

प्रदेश नम्बर २ केनाईन शाखा लालगढबाट हेन्डलर सहितको ‘डग स्नेफिङ’ टोली समेत परिचालन गरिएको थियो ।

इलाका प्रहरी कार्यालय फुलगामा प्रहरी नायव निरीक्षकको ४ जना, प्रहरी चौकी तुलसियाहीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ३ गरी जम्मा ७ जना र  सिमा सुरक्षा बल फुलगामाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ६ जना समेतको टोलीले चेकजाँच गरेको थियो ।

टोलीले भारतबाट नेपालतर्फ र नेपालबाट भारततर्फ आवत–जावत गर्ने सवारी साधन, पैदल यात्रीहरुलाई संयुक्त रुपमा चेकजाँच गरेको हो । यही मंसिर १५ गते जनकपुरको जानकी मन्दिरमा विवहा पञ्चमी धुमधामका साथ मनाइँदै छ । विवाह पञ्चमीको तयारी तीव्र पारिएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ८ : ५० बजे

कांग्रेस बागमती प्रदेशको प्रशिक्षण कार्यक्रम दोलखामा जारी

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण कार्यक्रम दोलखामा सुरु भएको

पृथकतावादी नेता निज्जरको हत्या आरोपमा तीन भारतीय पक्राउ

काठमाडौं– क्यानडा प्रहरीले एक सिख पृथकतावादी नेताको हत्यामा संलग्न तीन

सुर्ती सेवन नियन्त्रण अभियान सञ्चालन

भक्तपुर– भक्तपुरमा स्वास्थ्य अधिकार तथा सुर्ती सेवान नियन्त्रण अभियान सञ्चालन

निःशुल्क लोकसेवा तयारीका लागि काठमाडौं महानगरको आवेदन आह्वान

काठमाडौं– काठमाडौं महानगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालनका लागि आवेदन आह्वान

गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा

मनिस अर्याल/नेपाल फोटो लाइब्रेरी काठमाडौं – वैशाखको चर्को घाम, सायद