सिरहा र सर्लाहीमा उपनिर्वाचनको नमूना मतदान | Khabarhub Khabarhub

सिरहा र सर्लाहीमा उपनिर्वाचनको नमूना मतदान


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- मंसिर १४ गते हुने उपनिर्वाचनलाई दृष्टिगत गरी उपनिर्वाचन हुने सिरहा र सप्तरीका दुई स्थानमा आज नमूना मतदान गरिएको छ ।

समग्र विकास सेवा केन्द्रद्वारा आज सिरहाको कल्याणपुर नगरपालिका–१२ मा करिब २०० ले र सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मा १५० ले नमूना मतदान गरेका छन् ।

कल्याणपुर–१२ स्थित मावि परिसरमा आयोजना गरिएको नमूना मतदानको जिल्ला निर्वाचन कार्यालय सिरहाका प्रमुख इन्दिरा यादव, सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलगायतले निरीक्षण गरेका थिए ।

यस्तै सप्तरीको छिन्नमस्ता–७ को नमूना मतदानको जिल्ला मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवाली, जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख दिलीप यादवलगायतले निरीक्षण गरेका थिए ।

अघिल्ला निर्वाचनहरुमा मत बदरको सङ्ख्या बढी देखिएकाले मतदाताहरुलाई सचेत बनाउन नमूना मतदान गराइएको हो ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ७ : ३४ बजे

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार