दिन मिल्ने सूचना नलुकाउनुस्ः आयुक्त तिम्सिना | Khabarhub Khabarhub

दिन मिल्ने सूचना नलुकाउनुस्ः आयुक्त तिम्सिना


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त यशोदादेवी तिम्सिनाले सूचना अधिकारीहरुले दिनमिल्ने सूचनाहरु दिनुपर्ने बताएकी छिन् ।

सूचना अधिकारीहरुले दिनमिल्ने सूचनासमेत नदिइने गुनासा बढेको आयुक्त तिम्सिनाले बताइन् । राष्ट्रिय सूचना आयोगद्वारा पाल्पाको तानसेनमा आयोजित सूचनासम्बन्धी अन्तरक्रियामा स्थानीय तहका महिला उपप्रमुख तथा उपाध्यक्षलाई सूचना नदिएको गुनासो बढेको उनले बताइन् ।

उनले सूचनाको आदनप्रदान गर्ने बानीको विकास गर्न आवश्यक रहेको बताइन् । कार्यक्रममा पाल्पामा प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले नागरिकले सूचना पाउने अधिकार कार्यान्वयन गर्न तयार रहेको बताए ।

जिल्ला समन्वय समिति पाल्पाका उपप्रमुख मीरा मरासनीले सूचना आदानप्रदान गरी सुशासन कायम गर्नुपर्ने बताए । उनले जिल्लास्थित सरकारी कार्यालयले तीन–तीन महिनामा सूचना अधिकारीसँग बैठक बसी कार्यक्रम सार्वजनिक गर्दै आएको र आगामी दिन पनि त्यसलाई निरन्तरता दिइने बताए ।

रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण जिसी, रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्की लगायतले सूचना प्राप्तिको अधिकारलाई सुनिश्चित गर्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  १० : ४५ बजे

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ

जसपा फुटको रहस्य : सरकार ढाल्न कि जोगाउन ?

काठमाडौं- प्रतिनिधिसभामा १२ सिट रहेको जनता समाजवादी पार्टी (जसपा) आइतबार

‘भाइरल गोर्खे’मा अभिनय गर्दै पत्रकार ऋषि धमला !

काठमाडौं– विभिन्न विषयले चर्चामा आइरहने पत्रकार ऋषि धमला फिल्म ‘भाइरल