कालोजले धेरै गफ गर्दा ‘इरिटेट’ हुन्छन् अजय देवगन | Khabarhub Khabarhub

कालोजले धेरै गफ गर्दा ‘इरिटेट’ हुन्छन् अजय देवगन


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अजय देवगन र काजोल बलिउडको लोकप्रिय जोडीमध्ये एक हो । यी दुवैले बिहे गरेको २० वर्ष पुगिसकेको छ । र, दुवैको एकअर्काप्रति खुबै प्रेम छ ।

अजय र काजोल दुवैले एकअर्काको सकारात्मक र नकारात्मक कुरालाई स्वीकार गरेका छन् । हालै अजय देवगनले खुलासा गरेका छन् कि, कालोजको कुन कुरा उनलाई मन पर्दैन?

अजयले भने, ‘काजोलसँग धेरैभन्दा धेरै कुरा गर्न मलाई मन पर्दैन ।’ उनले जतिबेला काजोलले धेरै कुरा गर्दिनन्, त्यतिबेला आफूले मिस गर्ने पनि बताए ।

उनले भने, ‘काजोल सेटमा खुबै कुरा गर्छिन्, जब तपाईं उनलाई ध्यान दिन थाल्नुहुन्छ, त्यतिबेला उनी अरु केही गरिरहेकी हुन्छिन् ।’

अजयले कालोजको धेरै बोल्ने बानीलाई लिएर बेलाबेलामा सम्झाउने गरेको पनि बताए । साथै उनले काजोलसँग काम गर्दा धेरै सहज हुने पनि बताए ।

‘सबैलाई थाहा छ, उनी एक शानदार कलाकार हुन्, उनीसँग काम गर्न रमाइलो हुन्छ, अझ उनी त मेरी पत्नी हुन्, त्यसैले मलाई अझ सहज लाग्छ,’ उनले भने ।

अजय देवगन र काजोल करीब ११ वर्षपछि फिल्म ‘तान्हाजी’ मार्फत पर्दामा देखिँदैछन् । फिल्ममा अजयले तान्हाजीको भूमिका निभाउँदैछन् भने काजोलले पत्नी सावित्रीको भूमिका निभाउँदैछिन् ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ३ : ३१ बजे

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– यहाँस्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

इजरायलसँगको व्यापार बन्द गर्ने टर्कीको घोषणा

काठमाडौं– इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध