सुनको जलप लगाइएको तीन फिटको महाबौद्ध गुम्बाको मूर्ति चोरी | Khabarhub Khabarhub

सुनको जलप लगाइएको तीन फिटको महाबौद्ध गुम्बाको मूर्ति चोरी


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर महानगरपालिका–२ मा रहेको महाबौद्ध गुम्बा तीनखोलेमा गएराति मूर्ति चोरी भएको छ ।

सुनको जलप लगाइएको तीन फिटको मूर्ति चोरी भएको र सेफ (गोप्य दानपेटिका) फोडिएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष विमला गुरुङले जानकारी दिए । गुम्बामा लगाइएको ताला फोडेर चोरी भएको उनले बताए ।

गुम्बाको सेफ तीन वर्षदेखि खोलिएको थिएन । उनले दानपेटिकामा लाखौँ रुपैयाँ रहेको बताए। बिहान ४:०० बजे गुम्बामा पूजा गर्न जाने क्रममा चोरी भएको थाहा भएपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले मुचुल्का उठाउनाका साथै चोरीमा संलग्नको खोजी भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  १० : ५४ बजे

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव