विभिन्न मुद्दामा फरार पाँच पक्राउ | Khabarhub Khabarhub

विभिन्न मुद्दामा फरार पाँच पक्राउ


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान- विभिन्न मुद्दामा लामो समयदेखि फरार रहेका पाँच जनालाई एकै दिन सिरहा प्रहरीले पक्राउ गरेको छ ।

चोरी, लेनदेन र कुटपिट मुद्दामा फरार सिरहा नगरपालिका–२ निवासी ६२ वर्षीय धनिकलाल महरा, सोही नगरपालिका–९ निवासी ६२ वर्षीय रामचन्द्र गडेरी, सिरहा नगरपालिका–१९ निवासी २० वर्षीय ज्ञानचन्द्र मुखिया, वडा नं ७ निवासी २६ वर्षीय बालकृष्ण मुखिया र वडा नं ५ निवासी ६० वर्षीया लखिपतदेवी साहलाई प्रहरीले मंगलबार एकै दिन पक्राउ गरेको हो ।

पक्राउ परेका महरा र मुखिया कुटपिट मुद्दाको फरार अभियुक्त हुन् भने गडेरी चोरी तथा बालकृष्ण मुखिया र लखिपतदेवी साह लेनदेन मुद्दामा फरार अभियुक्त रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  १२ : २४ बजे

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण